संसद बिघटनः निर्वाचनमा जान डराएका हुन दलहरु ?

डिसी नेपाल
५ पुष २०७७ १२:४२

काठमाडौं। आइतबार बिहान प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनको सिफारिस गरेपछि प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस र प्रतिपक्ष दल जनता समाजवादी पार्टी लगायत अन्य साना दलहरुले बिरोध जनाएका छन्।

संसद विघटन संविधान र लोकतन्त्रको मर्म विपरीत भएको भन्दै नेपाली कांग्रेसले आकस्मिक बैठक बोलाएको छ। कांग्रेस नेता रामचन्द्र पौडेलका अनुसार कांग्रेस पदाधिकारीको बैठक दिउसो १ बजे कांग्रेस सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा राखिएको छ।

कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले संसद विघटनको सिफारिस गर्ने सरकारको निर्णयप्रति कडा आपत्ति जनाउँदै सशक्त प्रतिवाद गर्ने जनाएका छन्।

यस्तै जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता एवं पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध उत्रिन आग्रह गरेका छन्।

सरकारले गरेको संसद विघटनको सिफारिस असंवैधानिक भएको भन्दै सबै राजनीतिक दल र लोकतान्त्रिक पक्ष मिलेर यो कदमविरुद्ध उत्रिनुपर्ने उनले बताएका छन्।

यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीले संसद विघटन सम्वन्धि मन्त्रिपरिषदको निर्णयको बिरोध जनाएको छ । राप्रपाले यसबारे छलफल गर्न राप्रपा सचिवालय कार्य व्यवस्था समितिको आकस्मिक बैठक आज ३ बजे बस्दैछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *