भयो संसद् विघटन, वैशाख १७ र २७ मा आम निर्वाचन

डिसी नेपाल
५ पुष २०७७ १४:३३

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गर्ने मन्त्रिपरिषदको सिफारिस अनुमोदन गरेकी छिन् । उनले आगामी बैशाख २७ गतेका लागि अर्को निर्वाचन घोषणा गरेकी छिन् ।

राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिअनुसार राष्ट्रपति भण्डारीले नेपालको संविधान २०७२ को धारा ७६ (१), (७) र धारा ८५, संसदीय प्रणालीको आधारभूत मर्म एवम् मूल्य मान्यता, हाम्रो आफ्नै र संसदीय प्रणाली भएका अन्य मुलुकहरुको प्रचलित अभ्यास बमोजिम संसद विघटन गरेकी हुन् ।

राष्ट्रपति भण्डारीले नयाँ जनादेशका लागि दुई चरणमा निर्वाचन घोषणा गरेकी छिन् । आगामी २०७८ बैशाख १७ गते पहिलो चरण र बैशाख २७ गते दोस्रो चरणको निर्वाचन घोषणा गरेकी छिन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *