४ बजे सुरक्षा परिषदको बैठक बस्दै, संकटकाल लागू गर्ने विषयमा समेत छलफल हुने

डिसी नेपाल
५ पुष २०७७ १५:०९

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सुरक्षा परिषदको बैठक बोलाएका छन् । आज बिहान राष्ट्रपतिसमक्ष प्रतिनिधिसभा विघटन गर्ने सिफारिस गरेका प्रधानमन्त्रीले राष्ट्रपतिबाट प्रतिनिधिसभा विघटन गरिएसँगै सम्भावित सुरक्षा संकटका विषयमा छलफल गर्न राष्ट्रिय सुरक्षा परिषदको बैठक बोलाएका हुन् ।

राष्ट्रिय सुरक्षा परिषदका अध्यक्ष प्रधानमन्त्री स्वयं हुन् । यसबाहेक परिषदका सदस्यहरु रक्षामन्त्री, गृह मन्त्री, परराष्ट्र मन्त्री, अर्थ मन्त्री, मुख्य सचिव र नेपाली सेनाका प्रधान सेनापति हुन्छन् । अहिले रक्षा मन्त्री पनि प्रधानमन्त्री स्वयं हुन् । गृहमन्त्री रामबहादुर थापा बादल, परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली, अर्थ मन्त्री विष्णु पौडेल, मुख्य सचिव शंकरदास बैरागी र प्रधानमसेनापति पूर्णचन्द्र थापा छन् ।

बैठकमा संकटकाल लगाउने विषयमा पनि छलफल हुने बताइएको छ । प्रधानमन्त्रीले संसद विघटनको सिफारिस गरेसँगै चौतर्फी विरोधका स्वरहरु सुनिएका थिए । केही दल र संगठनहरुले बालुवाटारमै विरोध प्रदर्शनका कार्यक्रम सार्वजनिक गरिसकेका छन् । देशैभरी यस्ता कार्यक्रमको घोषणा हुन थालेपछि सम्भावित सुरक्षा खतरालाई मध्यनजर गर्दै राष्ट्रिय सुरक्षा परिषदको बैठक बोलाइएको हो । बैठकमा सम्भावित सुरक्षा खतरा र त्यसका लागि उठाउनुपर्ने कदमबारे छलफल हुने बताइएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *