२४ घण्टामा ११ जनाको मृत्यु, ५८८ संक्रमित

काठमाडौं। आइतबार नेपालमा थप ५८८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभर ४६२० जनाको पीसीआर परीक्षण भएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ५३ हजार ७७२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा सक्रिय संक्रमितको संख्या ८ हजार ३२० रहेको छ ।
पछिल्लो २४ घण्टामा १०९७ जना निको भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ४३ हजार ६६४ पुगेको छ । पछिल्लो २४ घण्टामा ११ जना थपिएसँगै कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ हजार ७८८ पुगेको छ।
यस्तै हालसम्म ४२१ जना क्वारेन्टिनमा रहेका छन् ।
प्रतिक्रिया
Facebook Comment