प्रदेश नं १ मा ६० जना सङ्क्रमित निको

विराटनगर । प्रदेश नं १ मा पछिल्लो २४ घण्टामा ६० जना सङ्क्रमित निको भएका छन् । निको हुनेहरुमा होम आइसोलेशन र विभिन्न कोभिड अस्पतालबाट रहको सामाजिक विकास मन्त्रालयले जनाएको छ । हालसम्म निको हुने सङ्क्रमितको सङ्ख्या २५ हजार १२० पुगेको छ ।
प्रदेशमा अवधिमा २९९ जनाको पिसिआर परीक्षण गरिएकामा १६ महिला र २१ पुरुष गरी जम्मा ३७ जनाको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ । थप हुने सङ्क्रमितमा मोरङमा १६ मध्ये विराटनगरमा आठ, इलाममा सात, झापामा पाँच, सुनसरी र सङ्खुवासभामा दुई/दुई, ओखलढुङ्गामा एक र प्रदेश बाहिरका चार जना रहेका छन् । प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या हालसम्म २९ हजार ३३२ पुगेको छ । यस प्रदेशमा अहिलेसम्म दुई लाख चार हजार २५६ जनाको पिसिआर परीक्षण गर्ने कार्य सम्पन्न गरिएको छ ।
Facebook Comment