संसद विघटनपछि के भने बिप्लवले ?

डिसी नेपाल
५ पुष २०७७ २१:४३

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रबिक्रम चन्द (बिप्लव)ले प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ताको असफलतापछि फासिवादको सहारा लिँदै संसद विघटन गरेको बताएका छन् ।

उनले आइतबार विज्ञप्ति जारी गर्दै लोकतन्त्रको उच्च संस्था भनिएको संसदलाई बलात् भंग गर्नुले जतिसुकै शान्ती र समृद्धिको प्रचार गरे पनि यो असफलता र संकट आउनु अनिवार्य रहेको पनि उल्लेख गरेका छन् ।

‘जनताको शान्ति र प्रगतीको आकांक्षा पूरा गर्न असफल हुँदा फासिवादको साहाराद्वारा आफ्नो संकट टार्न खोज्ने संसद्वदी तत्वहरुको विश्वब्यापी चरित्रअनुरुप पर्ने केपी ओलीले यो कदम चालेका छन । परन्तुः यसले दलाल पूँजीवादी सत्ता र संसदीय व्यवस्थाको असफलता र बैज्ञानिक समादवादी राज्यव्यवस्थाको आवश्यकतालाई निर्विकल्प रुपले पुष्टी गरेको छ ।’ विज्ञप्तिमा उल्लेख गरिएको छ ।

विज्ञप्तिः




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *