निर्वाचन लोकतन्त्रको आत्मा हो : प्रधानमन्त्री ओली

डिसी नेपाल
६ पुष २०७७ १५:३६

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले जनताबाट निर्वाचित सरकारलाई काम गर्न नदिएपछि आफूले बाध्य भएर संसद विघटन गरेको बताएका छन्।

जननिर्वाचित सरकारलाई काम गर्न नदिएपछि पुनरावेदन गर्न जाने ठाउँ जनता भएकाले आफूले जनतामा जाने निर्णयमा पुगेको बताए।

सोमबार राष्ट्रका नाममा सम्वोधन गर्दै प्रधानमन्त्री ओलीले संसद विघटन गर्ने काम अप्रत्यासित जस्तो देखिएपनि नेकपाका केही नेताले सरकार गठन भएदेखि नै असयोग गरेको र जनभावना अनुसार काम गर्न नदिएपछि आफू बाध्य भएर निर्वाचनको मिति घोषणा गरेको भन्दै प्रधानमन्त्रीले सबैलाई निर्वाचनको तयारीमा लाग्न आह्वान पनि गरे।

‘पार्टीले बहुमत ल्याउनु र लोकप्रिय हुनुमा केपी ओलीको कुनै योगदान छैन, हामी नै निर्णायक हौं भन्ने नेताहरुलाई निर्वाचन घोषणाले लोकप्रियता जाँच्ने मौका दिएको ओलीले बताए। प्रधानमन्त्रीले निर्वाचन घोषणाले प्रतिपक्षलाई पनि आफ्नो एजेण्डा लिएर जनतामा जाने मौका दिएको बताए।

प्रधानमन्त्री हुन प्रयास गरेका र ब्यग्र प्रतीक्षामा रहेका नेकपाका नेताहरुलाई निर्वाचनले मौका दिएको बताए। जननिर्वाचित सरकारलाई कामै गर्न नदिएर बन्द कोठामा अनुचित सम्झौता गर्नुभन्दा आफूले जनतामा जाने निर्णय गरेको बताए।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *