थप ७४२ जनामा कोरोना, १०७९ डिस्चार्ज

काठमाडौं। सोमबार नेपालमा थप ७४२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ५४ हजार ५१४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा सक्रिय संक्रमितको संख्या ७ हजार ९७६ रहेको छ ।
पछिल्लो २४ घण्टामा १०७९ जना निको भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ४४ हजार ७४३ पुगेको छ । पछिल्लो २४ घण्टामा ७ जना थपिएसँगै कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ हजार ७९५ पुगेको छ।
यस्तै हालसम्म ४२१ जना क्वारेन्टिनमा रहेका छन् ।
प्रतिक्रिया
Facebook Comment