संसद् विघटनविरुद्ध सर्वोच्चमा ११ वटा रिट, बुधबार सुनुवाई हुने

डिसी नेपाल
६ पुष २०७७ १६:४४

काठमाडौं। संसद विघटन गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा ११ वटा रिट परेका छन्। सर्वोच्च अदालतल ११ वटै रिटमा एकसाथ पुस ८ गते सुनुवाई गर्ने सर्वोच्चका प्रवक्ता भद्रकाली पोखरेलले जानकारी दिए।

आइतबार राष्ट्रपतिबाट संसद् विघटन स्वीकृत भएसँगै कानून व्यवसायीहरु ३ वटा रिट लिएर सर्वोच्च पुगेका थिए।

सर्वोच्चमा आइतबार ३ वटा रिट पेस भएकोमा सोमबार थप ९ वटा रिट पेस भएका छन्। एउटा रिटको प्रक्रिया नपुगे मंगलबार आउनेगरी रिट लिएर पुगेका कानून व्यवसायी फर्केको सर्वोच्च अदालतका प्रवक्ता भद्रकाली पोखरेलले जानकारी दिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *