प्रदेश नं १ मा थप २७६ सङ्क्रमित निको, ९४ सङ्क्रमित थपिए
विराटनगर । प्रदेश नं १ मा पछिल्लो २४ घण्टामा २७६ जना उपचारपछि निको भएर घर फर्किएका छन् । यससँगै हालसम्म उपचारपछि निको भएर घर फर्किनेको सङ्ख्या २५ हजार ३९५ पुगेको छ ।
सामाजिक विकास मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा प्रदेशमा ७५० को पीसीआर परीक्षण गरिएकामा ४१ महिला र ५३ पुरुष गरी कूल ९४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । तीमध्ये मोरङका ५२ मध्ये विराटनगरका २७, सुनसरीका १९, झापाका आठ, सङ्खुवासभाका तीन, इलामका दुई तथा भोजपुर, उदयपुर, पाँचथर एंव ताप्लेजुङमा एक/एक र प्रदेश बाहिरका छ जना छन् ।
हालसम्म प्रदेशमा सङ्क्रमितको सङ्ख्या २९ हजार ४२६ पुगेको छ । अहिलेसम्म दुई लाख पाँच हजार छ जनाको पीसीआर परीक्षण सम्पन्न भएको मन्त्रालयले जनाएको छ । रासस
प्रतिक्रिया
Facebook Comment