३३ देशका प्रवासी नेताले गरे ओलीको कदमको स्वागत

डिसी नेपाल
७ पुष २०७७ ११:०३

काठमाडौं। नेकपा निकट प्रवासी नेपाली एकता मञ्चले मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधिसभा विघटनको स्वागत गरेको छ। ३३ मुलुकका प्रवासी नेताले विज्ञप्ति जारी गर्दै संसद विघटन गर्ने प्रधानमन्त्री ओलीको निर्णयको स्वागत गरेका हुन्।

उनीहरुले जारी गरेको विज्ञप्तिमा तीन वर्ष पहिलाको आम निर्वाचनबाट नेपाली जनताले राजनीतिक स्थिरता,शान्ति, विकास र समृद्धिको लागि अत्याधिक बहुमतसहितको जनमत वर्तमान सरकारलाई जनमत दिएपनि नेकपाभित्रको अस्वाभाविक अन्तरपार्टी विग्रहले अत्याधिक जनमतद्वारा गठित सरकारलाई अनेकौं बाधा व्यवाधान खडा गरी हलचल गर्नै नदिने अवस्थामा पुर्याएको उल्लेख छ।

‘यतिमात्रै होइन, आगामी पार्टी महाधिवेशनबाट पार्टी अध्यक्ष छोड्ने र आगामी आम निर्वाचनबाट सरकारको नेतृत्वबाट विदा लिने लिखित प्रतिवद्धता गरेका पार्टी अध्यक्ष एवं प्रधानमन्त्री दिनहुँ जसो अत्तो थापी सरकार र पार्टीलाई चल्नै नदिने अवस्थामा पुर्याएको सबैलाई जानकारी नै छ,’ विज्ञप्तिमा भनिएको छ, ‘भर्खर मात्रै संवैधानिक परिषदको बैठकमा संवैधानिक दायित्वमा रहेका सभामुखलाई पार्टी गुटको निर्देशन अनुसार अनुपस्थित गराइ अडाइ वर्षदेखि रिक्त रहेका संवैधानिक निकायलाई निकम्मा बनाइ आड्ने काम गरेकोसमेत घाम जत्तिकै छर्लंङ छ।’

अहिलेको विषय परिस्थितिको जिम्मेवारी पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपालले लिनुपर्ने उनीहरुले उल्लेख गरेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *