नेकपाका प्रवक्ता परिवर्तन, नारायणकाजीलाई हटाएर प्रदीप ज्ञवालीलाई ल्याइयो

डिसी नेपाल
७ पुष २०७७ १२:५९

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको नेकपा केन्द्रीय कमिटीको बैठकले पार्टी प्रवक्ता परिवर्तन गरेको छ । बैठकले नारायणकाजी श्रेष्ठलाई प्रवक्ताबाट हटाएर प्रदिप ज्ञवालीलाई प्रवक्ता बनाएको छ ।

प्रवक्ताको जिम्मेवारी पाएपछि ज्ञवालीले प्रवक्ताकै हैसियतमा संचारकर्मीहरुलाई यसबारे जानकारी दिएका हुन्। बैठकले केन्द्रीय कमिटी विस्तार गरेर ११९९ सदस्यीय बनाएको छ । अरु पछि थप्ने गरी हाललाई १ हजार ३ जना केन्द्रीय सदस्य मनोनयन गरेको छ।

नेकपाभित्र किचलो बढ्दै गएपछि अध्यक्ष केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहालले छुट्टाछुट्टै केन्द्रीय कमिटी बैठक बोलाएका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *