सेयर बजारमा पुनः उछाल, नेप्सेले २ हजार विन्दु नाघ्यो

डिसी नेपाल
७ पुष २०७७ १६:२९

काठमाडौं । संसद विघटन भएसँगै आरोलो लाग्ने अुनमान गरिएको सेयर बजारमा हरियाली छाएको छ। देशमा तातेको राजनीतिक माहोलको सेयर बजारमा क्षणिक प्रभाव देखिएको छ।

आइतबार संसद विघटनको खबरले एकाएक घटेर इतिहास कायम गरेको सेयर बजार सोमबार भने सामान्य वृद्धि भएको थियो। मंगलबार उछाल आएपछि देशको राजनीतिक माहोलले सेयर बजारलाई क्षणिक असर पार्ने पुनः एक पटक सिद्ध भएको छ।

साताको तेस्रो दिन मंगलबार सेयर बजारमा पुनः उछाल आएको छ। मंगलबार नेप्से परिसूचक ९५ दशमलव ४६ अंकले बढेर २ हजार ६१ दशमलव ४१ विन्दुमा बन्द भएको छ। मंगलबार कारोबारोमा आएका सबै समूहमा हरियाली देखियो। सोमबारको तुलनामा सेयर कारोबारो रकम पनि बढेको छ।

मंगलबार कुल २ सय ५ कम्पनीको १ करोड २७ लाख १७ हजार १ सय ४६ कित्ता सेयर कारोबारो हुँदा कुल ६ अर्ब ७४ करोड ७ लाख भन्दा धेरै रकमको कारोबार भएको छ।

मंगलबार सबैभन्दा धेरै शिखर इन्स्यारेन्सको सेयर मूल्य एकैदिन १० प्रतिशतले बढेर सर्किट ब्रेक नै लागेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *