थप ७२२ जनामा कोरोना पुष्टि

काठमाडौं। मंगलबार नेपालमा थप ७२२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ५५ हजार २३६ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा सक्रिय संक्रमितको संख्या ७ हजार ७२९ रहेको छ ।
पछिल्लो २४ घण्टामा ९६६ जना निको भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ४५ हजार ७०९ पुगेको छ । पछिल्लो २४ घण्टामा ३ जना थपिएसँगै कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ हजार ७९८ पुगेको छ।
यस्तै हालसम्म ४१३ जना क्वारेन्टिनमा रहेका छन् ।
प्रतिक्रिया
Facebook Comment