कुवेतमा नेपाली श्रम सहचरी विपनाको २७ वर्षको अल्पायुमै निधन
काठमाडौं। कुवेतका लागि नेपाली श्रम सहचरी विपना ज्ञवालीको २७ वर्षको अल्पायुमै निधन भएको छ । गएको साउनमा कुवेतको लागि नेपाली श्रम सहचरीको जिम्मेवारी पाएर कुवेत पुगेकी विपनाको ब्लड क्यान्सरका कारण निधन भएको हो । करिब ३ साता अघिदेखि बिरामी परेकी विपनाको स्वास्थ्य परीक्षण गर्दा उनीमा अन्तिम स्टेजको ब्लड क्यान्सर देखिएको थियो ।
हार्दिक श्रद्धान्जली !
कुवैतमा श्रम सहचारीका रूपमा कार्यरत विपना ज्ञवालीको २७ वर्षको अल्पायुमा भएको दुखद निधनले नि:शव्द, स्तव्ध र मर्माहत भएको छु । शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछु ।
अलविदा विपना ! pic.twitter.com/rnzyCI8ZC2— Pradeep Gyawali (@PradeepgyawaliK) December 22, 2020
परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले ट्वीट गर्दै दिवंगत विपनाप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । विपना ज्ञवाली ५ वर्षअघि पाँच वर्षअघि शाखा अधिकृत नियुक्त भएकी थिइन् । आफूलाई कम्भीर प्रकारको स्वास्थ्य समस्या भएको जानकारी पाएपछि उनलाई मानसिक रुपमा ठूलो धक्का लाग्यो जसले उनी कोमामा पुगिन् । कोमामै उपचारको क्रममा बिहीबार उनको निधन भएको हो । उनको पार्थिव शरीरलाई काठमाडौं ल्याएर आइतबार दाहसंस्कार गरिएको छ ।
Facebook Comment