जन्मकैद भोग्नु पर्ने अपराधीले झण्डै महाभियोग लगाएका : बिजुक्छे (भिडियाे)

डिसी नेपाल
८ पुष २०७७ ६:४५

काठमाडौं। नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेर देशलाई संकटमा जानबाट जोगाएको बताएका छन्। उनले प्रधानमन्त्रीले चालेको कदम उपयुक्त भएकाले त्यसका नेपाल मजदुर किसान पार्टीले समर्थन गर्ने बताए।

समसामयिक राजनीतिक बिषयमा डिसी नेपालका लागि अर्जुन दाहालले सञ्चालन गर्ने कार्यक्रम (नुन चिनी पानी अमेरिका) सँग कुरा गर्दै उनले भने, ‘प्रधानमन्त्रीको यस कदमले देशलाई भड्खालोमा जानबाट रोकेको छ, यदि प्रधानमन्त्रीले यो कदम नउठाएको भए राष्ट्रपति पनि खत्तम, प्रधानमन्त्री पनि खत्तम, देशलाई धेरै ठूलो मार्का पर्ने मैले देखेँ।’

संविधानको मान्यता र परिधीभित्रै रहेर प्रधानमन्त्रीले यस्तो कदम चालेको भन्दै बिजुक्छेले संविधानभित्रका केही कमजोरीलाई संशोधन गरेर जानुपर्ने आवश्यकता रहेको औंल्याए।

‘यतिखेर ओलीले देश फुट्नबाट जोगाउनु भएको छ, तर यो संकट अझै टरेको छैन, आगामी दिनमा अझै खतरा छ, चलखेल अझै हुन्छ, यसतर्फ अब जनता सजग हुनु जरुरी छ,’ उनले भने।

जन्मकैद भोग्नुपर्ने अपराधीहरुले राष्ट्रपतिलाई महाअभियोग लगाएर आफूहरु उम्कन खोजेको भन्दै प्रधानमन्त्री ओलीले त्यसो हुनबाट बचाए। दश वर्षे जनयुद्धमा हासील गर्न नसकेको उपलब्धी यसबाट हासील गर्ने यिनीहरुको मनसाय देखियो।

नेताहरुको यस्ता खाले व्यवहारले गणतन्त्र नै खतरामा परेको त होइन? भन्ने प्रश्नमा बिजुक्छेले जनताले बलिदान दिएर ल्याएको प्रतिफल बचाउन जनता नै लागि पर्नुपर्ने बताए।

उनले नयाँ जनादेशका लागि चुनावमा जानाको विकल्प नभएको जनाउँदै सरकारले तोकिएकै मितिमा निष्पक्ष र धाँधलीरहित चुनाव गराउनुपर्नेमा जोड दिए। गणतन्त्रलाई परिणममुखी बनाउन अबको चुनावमा जनताले पैसाको पछि नलागी राम्रो प्रतिनिधी चुनेर पठाउनुपर्ने तर्क उनले गरे।

नेकपाको आन्तरिक किचलोले गर्दा प्रधानमन्त्री ओलीले संसद विघटन गर्नुपरेको भन्दै अध्यक्ष बिजुक्छेले भने, ‘जनाता ब्यापक समस्यामा परिरहेका बेला याी पार्टीहरु आन्तरिक लडाइमा फसिरहेका थिए, यस्ता पार्टीहरु कम्युनिष्ट हुनै सक्दैनन्।’

अध्यक्ष बिजुक्छेले नेकपाभित्र कुनै सैद्धान्तिक भिन्नता र नीतिगत मतभेद नभई केवल भगबन्डा र कर्सीको लडार्इँ भएको र चेसको बोर्डमा गोटी राखेजस्तै गरेर मख्य मुख्य ठाउँमा आफ्ना मान्छे राख्न नपाउँदाको झगडा भएको टिप्पणी गरे।

‘अपराधीहरुलाई छुटाउने बिषयमा, मुख्य मुख्य नियुक्क्तीहरुमा भागबन्डा र पप्पु कन्ट्रक्सन जस्तो देशलाई अप्ठ्यारो पार्ने जस्ता कामहरुमा ऐन कानुन नै हेरफेर गरेर गर्दा कुरा नमिलेर यिनीहरुको किचलो परेको रैछ भनेर था भयो,’ उनले भने, ‘यो कुरा प्रतिपक्षले जनतासामु ल्याएर नङ्ग्याउनुपर्ने थियो, त्यो नल्याएर हामी अलमल्लमा पर्यौँ।’

जन्मकैद भोग्नुपर्ने अपराधीहरुले राष्ट्रपतिलाई महाअभियोग लगाएर आफूहरु उम्कन खोजेको भन्दै प्रधानमन्त्री ओलीले त्यसो हुनबाट बचाएको उनले बताए। ‘दश वर्षे जनयुद्धमा हासील गर्न नसकेको उपलब्धी यसबाट हासील गर्ने यिनीहरुको मनसाय देखियो,’ उनले भने।

दुई तिहाईको सरकारका राष्ट्रपति र प्रधानमन्त्रीविरुद्ध आफ्नै नेताहरु नै लाग्नु बाह्य चलखेल भएको जिकिर गर्दै उनले यसमा प्रधानमन्त्री ओली निकै सचेत भएको बताए।

गुमेको नेपाली भूमि नक्शामा समावेश गरी भूमि फर्काउने अडान ओलीले कायम राखेकाले पनि अहिलेको परिस्थिति आएको उनले बताए।
नेपाली राजनीतिमा छिमेकीको प्रभाव स्वभाबिक रुपमा पर्ने भन्दै यसमा सत्तरुढ र प्रतिपक्ष कोही चोखो नरहेको बताएका छन्।

‘रअ प्रमुख आएर देशमा भएको कुरा बाहिर आएन, यो कुरा शेरबहादुर देउवालाई थाहा हुनुपर्ने हो, किनभने यो कुरा थाहा हुने प्रचलन छ।’

अध्यक्ष बिजुक्छेसँग गरिएकाे भिडियाे संवाद




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *