कोरोनाबाट मृत्यु हुनेको संख्या १८ सय नाघ्यो

काठमाडौं। बुधबार नेपालमा थप ७४३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ५५ हजार ९७९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा सक्रिय संक्रमितको संख्या ७ हजार ५१५ रहेको छ ।
पछिल्लो २४ घण्टामा ९५२ जना निको भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ४६ हजार ६६१ पुगेको छ । पछिल्लो २४ घण्टामा ५ जना थपिएसँगै कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ हजार ८०३ पुगेको छ।
यस्तै हालसम्म ४०९ जना क्वारेन्टिनमा रहेका छन् । नेपालमा हालसम्म १८ लाख ९० हजार ७४० जनाको पीसीआर परीक्षण गरिएको छ ।
प्रतिक्रिया
Facebook Comment