राप्रपाको एजेन्डा र मार्गचित्रले मात्र मुलुक बच्न सक्छ: कमल थापा

डिसी नेपाल
८ पुष २०७७ १७:४०

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले चाहे आन्दोलन होस् वा चाहे चुनाव जुन बाटोबाट हुन्छ पार्टीको एजेन्डा स्थापित गर्नमा केन्द्रित हुन कार्यकर्ताहरुलाइ आग्रह गरेका छन् । आज काठमाडौंमा आयोजित आन्दोलन तयारी बैठकलाई सम्बोधन गर्दै थापाले मुलुक संकटको दलदलमा भासिएको चर्चा गर्दै राप्रपाको एजेन्डा र मार्गचित्रबाट मात्र मुकुकको संकटमोचन हुन सक्ने दाबी गरे ।

अहिलेको संकटको शृजना कम्युनिस्ट र काङ्ग्रेसबाट भएको हुँदा ती दलहरुबाट अब निकास सम्भब नभएको भन्दै थापाले सबै राष्ट्रवादी शक्ति एकजुट भएर राप्रपाको नेतृत्व र झण्डामा गोलबन्द भइ अघि बढ्न आग्रह गरे । कार्यक्रममा बोल्दै राप्रपा अध्यक्ष पशुपतिशमशेर राणाले काङ्ग्रेस कम्युनिस्टले मुलुक संचालन गर्न नसक्ने भन्दै अब राप्रपा अघि सर्नुपर्ने बेला भएको बिचार ब्यक्त गरे ।

राजसंस्था र हिन्दुराष्ट्लाई पुनर्स्थापना गर्नको निमित्त सबै तह र तप्कामा सकृयताको आवश्यकता भएको समेत राणाको भनाई थियो । अर्का अध्यक्ष डा प्रकाशचन्द्र लोहनिले संसदको विघटन अलोकतान्त्रिक र असंवैधािनक भएको भन्दै सर्बोच्च अदालतको फैसला कुर्नुपर्ने बताए ।

उनले मुलुकलाई असफताको बाटोमा लान खोजिएको त्यो हुन नदिन राप्रपा बलियो हुनु पर्ने बताए । कार्यक्रममा राप्रपा नेता बुद्धिमान तामाङले आगामी पौष १७ गते काठमाडौंमा हुने प्रदशर्न खाका प्रस्तुत गरेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *