कांग्रेसले संसद विघटनविरूद्ध देशभर प्रदर्शन गर्ने

डिसी नेपाल
८ पुष २०७७ १७:५८

काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसले संसद विघटनको विरोधमा देशब्यापी विरोध प्रदर्शन गर्ने भएको छ ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले ट्विट गर्दै केन्द्रीय कार्यसमितिको बुधबार बसेको बैठकले देशभर प्रदर्शन गर्ने निर्णय गरेको बताए ।

बिहीबार बस्ने केन्द्रीय कार्यसमिति बैठकले सरकारविरूद्ध प्रदर्शनको मिति र कार्यक्रमबारे निर्णय गर्ने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए।

बुधबारको बैठकले पौष १६ गते राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका कार्यक्रम देशव्यापी रुपमा मनाउने निर्णय गरेको छ । बैठकमा केन्द्रीय सदस्यहरु डा रामशरण महत, बलबहादुर के सी, आनन्दप्रसाद ढुगाना र गगनकुमार थापाले आ–आफ्नो धारणा राखेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *