काँग्रेस बैठकमा चर्काचर्की, देउवा र पौडेलबीच छलफल चल्दा घिमिरे र भण्डारीको प्रवेश

डिसी नेपाल
८ पुष २०७७ १९:००

काठमाडौं। नेपाली काँग्रेसको केन्द्रीय कमिटी बैठकमा बुधबार वातावतरण तनावमय बन्यो। पार्टी सभापति शेरबादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच संसद् विघटनविरुद्ध प्रदर्शन कहिले गर्ने भन्ने विषयमा छलफल चलिरहेका बेला केन्द्रीय सदस्य शंकर भण्डारी वरिष्ठ नेता पौडेलको विरोधमा उत्रिएपछि त्यसको प्रतिवाद अर्का केन्द्रीय सदस्य गुरुराज घिमिरेले गरे।

एक केन्द्रीय सदस्यका अनुसार सभापति देउवाले प्रदर्शन नै गर्ने भए पुस १६ गते देशव्यापी प्रदर्शन गर्ने बताए। जवाफमा वरिष्ठ नेता पौडेलले १६ गते राष्ट्रिय मेलमिलाप दिवस भएको भन्दै त्यसको सन्दर्भ संसद विघटनको आन्दोलनसँग नमिल्ने तर्क गरे। उनले त्यसअघि नै सडकमा जानुपर्ने बताए।

बैठकमा पौडेलको भनाइ उद्धृत गर्दै ती केन्द्रीय सदस्यले डिसी नेपालसँग भने, ‘पदाधिकारी बैठकबाट संसद विघटनको विरोध गरिसकेका छौं। अब सडक आन्दोलनमा नजाने तर विरोध गर्ने भनेको के हो ? यस्तो हुन सक्तैन। हामी विपक्षी भएकाले सडकमा हामीले हाम्रो उपस्थिति देखाउन पर्छ। नत्र अन्यले सडक पनि कब्जामा लिन्छन्।’

सभापति देउवा र वरिष्ठ नेताबीच प्रदर्शन गर्ने दिनबारे छलफल चलिरहँदा महामन्त्री पूर्णबहादुर खड्काले दुबै नेतालाई अर्को कोठामा गएर छलफल गर्न आग्रह गरे। महामन्त्री खड्काले यस्तो आग्रह गरिरहेका बेला एक्काशी केन्द्रीय सदस्य शंकर भण्डारी वरिष्ठ नेता पौडेलमाथि खनिएको ती केन्द्रीय सदस्यले बताए।

उनका अनुसार भण्डारीले संसद् विघटनबारे अहिले अदालतमा मुद्दा चलिरहेका बेला के को प्रदर्शन गर्ने भन्दै पौडेलमाथि खनिएका थिए। एक्कशाशी भण्डारी पौडेलमाथि खनिएपछि त्यहिँ नजिकै रहेका केन्द्रीय सदस्य गुरुराज घिमिरेले भण्डारीको प्रतिववाद गरे। ती केन्द्रीय सदस्ले भने, ‘गुरु घिमिरेले रामचन्द्र दाईको कुरा ठिक छ। तपाईँबीचमा किन आउनु भयो भनेर शंकर भण्डारीलाई भन्नु भयो।’ त्यसपछि भण्डारी घिमिरेमाथि खनिएका थिए।

उनले नेता घिमिरेलाई चुप लाग्न ठूलो स्वरमा भनेको ती नेताले डिसी नेपाललाई जानकारी दिए। त्यसपछि नेता घिमिरेल पनि भण्डारीलाई कसैले ठूलो स्वर गर्दैमा नहुने भन्दै प्रतिवाद गरेका थिए। दुई नेताबीच लामै समय चर्काकर्ची चलेको थियो। दुबै जना नेता चर्काचर्की गर्दै बैठकस्थलबाट बाहिरिएका थिए।

बुधबारको बैठकमा काँग्रेसका ४ जना केन्द्रीय सदस्यले आ आफ्नो भनाई राखेका थिए। ती नेताका अनुसार गगन थापा, बलबहादुर केसी, आनन्द ढुंगाना र डा. रामशरण महतले बोलेका थिए। उनीहरुले सडक प्रदर्शनमा जानुपर्नेमा जोड दिएको जनाइएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *