प्रदेश नं १ मा २८६ सङ्क्रमित निको
विराटनगर । प्रदेश नं १ मा पछिल्लो २४ घण्टामा २८६ जना कोरोना सङ्क्रमित निको भएका छन् । यसरी निको हुनेमा होम आइसोलेसनबाट २८३ र विराट शिक्षण अस्पताल बूढीगङ्गा मोरङबाट तीन जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । हालसम्म निको हुनेको सङ्ख्या २५ हजार ७८१ पुगेको छ ।
प्रदेशमा सोही अवधिमा गरिएको ४७४ को पीसीआर परीक्षणमा १३ महिला र २२ पुरुष गरी ३५ जनाको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ । मोरङमा १९, सुनसरीमा पाँच, तेह्रथुम र इलाममा एक/एक र प्रदेश बाहिरका तीन जना नयाँ सङ्क्रमित थपिएका छन् । यस प्रदेश मा सङ्क्रमितको सङ्ख्या अहिलेसम्म २९ हजार ५२४ पुगेको छ । प्रदेशमा हालसम्म दुई लाख छ हजार २४ को पीसीआर परीक्षण कार्य सम्पन्न गरिएको छ । रासस
प्रतिक्रिया
Facebook Comment