नेकपाका दुवै समूहको केन्द्रीय कमिटी बैठक आज बस्दै

डिसी नेपाल
९ पुष २०७७ ९:१६

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दुवै समूहकाे केन्द्रीय कमिटी बैठक बिहीबार (आज) बस्ने भएकाे छ। चुनावी प्रकृयामा गएकाे प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओली समूहकाे बैठक बालुवाटारमा बस्ने छ भने अर्का अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल समूहकाे बैठक कार्की पार्टी प्यालेस बबरमहलमा बस्ने भएकाे छ।

ओली पक्षको मंगलबारको बैठकले पार्टीको विधान संशोधन गरी प्रवक्तामा नारायणकाजी श्रेष्ठ हटाएर प्रदिप ज्ञवालीलाई नियुक्त गरेकाे छ। यस्तै उक्त समूहले अर्को वर्ष मंसिर २ देखि ७ सम्म काठमाडाैंमा हुने गरी पार्टी महाधिवेसनका लागि ५ सय ५६ केन्द्रीय सदस्यहरु मनोनितसमेत गरेकाे थियाे।

प्रचण्ड-नेपाल समूहले प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष ओलीलाई कारवाही गरीसकेकाे छ। उनकाे ठाउँमा अध्यक्षमा माधवकुमार नेपाल र संसदीय दलकाे नेतामा प्रचण्डलाई नियुक्ति गरेकाे छ।

केन्द्रीय सदस्य संख्याकाे आधारमा ओली अल्पमतमा रहेका छन्। प्रचण्ड-नेपाल समूहले बहुमत केन्द्रीय सदस्यहरू सहित सरकार गठनकाे तयारी गरिरहेकाे बताइएकाे छ। दुवैपक्षले आ–आफ्नो आधिकारिकता र चुनाव चिह्न सूर्यमा दावी गर्दै निर्वाचन आयोगमा निवेदन दिइसकेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *