जबज पक्षधरलाई एक ठाउँमा ल्याउन बामदेवको पहल

डिसी नेपाल
९ पुष २०७७ १३:०५

काठमाडौं। सत्तारुढ दल नेकपा दुई समूहका विभाजित भएका बेला उपाध्यक्ष बामदेव गौतमले कुनै पनि पक्षमा लागेका छैनन्। गौतम जस्तै कतै पनि नलाग्ने अडान लिएर बसेका गृहमन्त्री रामबहादुर थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्वको गरेको नेकपालाई साथ दिने निर्णय गरेपछि उपाध्यक्ष गौतम भने आफू कतै पनि नलाग्ने भन्दै तटस्थ बसेका छन्।

आफू अझै पनि पार्टी एकताको पक्षमा रहेको भन्दै कतै नलाग्ने बताएपनि पछिल्लो समयमा गौतम जनताको बहुदलीय जनवाद (जबज) पक्षधरलाई एक ठाउँमा ल्याउने अभियानमा लागेका छन्।

जबज पूर्व एमालेले निर्देशक सिद्धान्त हो। पूर्व महासचिव मदन भण्डारीले प्रतिपादन गरेको जवजकै आधारमा पूर्व एमालेले चार पटक सरकारको नेतृत्व समेत गरेको छ। तर २०७५ साल जेठ तीन गते तत्कालीन एमाले र माओवादीाबीच पार्टी एकता हुँदा पूर्व एमालेले जवजलाई परित्याग गरेको थियो।

आफू अझै पनि पार्टी एकताको पक्षमा रहेको भन्दै कतै नलाग्ने बताएपनि पछिल्लो समयमा गौतम जनताको बहुदलीय जनवाद (जबज) पक्षधरलाई एक ठाउँमा ल्याउने अभियानमा लागेका छन्।

पार्टीभित्रको विवाद बढ्दै जाँदा अहिले नेकपा दुई समूहमा विभाजित भएको छ। पूर्व एमालेको बाहुल्या रहेको नेकपाको नेतृत्व ओली समूहले गरेको छ भने पूर्व माओवादीहरुको बाहुल्या रहेको नेकपाको नेतृत्व प्रचण्ड–नेपाल समूहले गरेको छ।

जबजलाई मार्ग निर्देशक सिद्धान्त मानेर पार्टीको १५ वर्षसम्म नेतृत्व गरेका माधव नेपाल अहिले पूर्व माओवादीको बाहुल्यता रहेको नेकपा समूहको दोस्रो बरियताको अध्यक्ष बनेका छन्।

जबजलाई मार्ग निर्देशक सिद्धान्त मान्दै आएका पूर्व एमाले दुई समूहमा विभाजित भएको अवस्थामा उपाध्यक्ष गौतमले जबजलाई मान्ने शक्तिलाई एक ठाउँमा ल्याउन पहल गर्ने, अहिले कुनै पनि समूहमा नलाग्ने बताउँदै आएका छन्।

‘अहिले उहाँ पार्टी एकता कै पक्षमा हुनुहुन्छ, तत्काल एकताको संभावना नभएपछि केही समयपछि दुवै समूहमा एकताको महशुस हुने र त्यस्तो अवस्थामा आफूले भूमिका निर्वाह गर्ने उहाँको चाहना छ,’ गौतमका प्रेस सल्लाहकार विश्वमणि सुवेदीले डिसी नेपालसँग भने, ‘अहिले उहाँ जबज पक्षधरलाई एकै ठाउँमा ल्याउन पहल गर्ने अभियानमा पनि हुनुहुन्छ।’

पार्टी एकता भइसकेपछि पनि ओलीका निकट मानिने इश्वर पोखरेलले बेला बेलामा जबज नै पार्टीको मार्ग निर्देशक सिद्धान्त हुनुपर्ने भन्दै बहस चलाउँदै आएका थिए।  ओली समूहले पूर्व एमाले ब्युँताउने प्रयास गरिरहेका बेला उपाध्यक्ष गौतमले जबज पक्षधरलाई एक ठाउँमा ल्याउने पहल गर्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *