थप ६१३ जनामा कोरोना पुष्टि, ७३९ डिस्चार्ज

काठमाडौं। बिहिबार नेपालमा थप ६१३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ५६ हजार ५९२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा सक्रिय संक्रमितको संख्या ७ हजार ३८४ रहेको छ ।
पछिल्लो २४ घण्टामा ७३९ जना निको भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ४७ हजार ४०० पुगेको छ । पछिल्लो २४ घण्टामा ५ जना थपिएसँगै कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ हजार ८०८ पुगेको छ।
यस्तै हालसम्म ४०० जना क्वारेन्टिनमा रहेका छन् । नेपालमा हालसम्म १८ लाख ९६ हजार २५० जनाको पीसीआर परीक्षण गरिएको छ ।
प्रतिक्रिया
Facebook Comment