बागमती प्रदेशका तीन मन्त्रीद्वारा राजीनामा

डिसी नेपाल
१० पुष २०७७ १२:५२

काठमाडाैं।बागमती प्रदेश सरकारका तीनजना मन्त्रीले राजीनामा दिएका छन्। प्रचण्ड–माधव पक्षधरका वगामती प्रदेशका उद्योग,पर्यटन वन तथा वातवरण मन्त्री अरुण नेपाल,सामाजिक विकास मन्त्री युवराज दुलाल र आन्तरिक विकास मन्त्री शालिकराम जमकट्टेलले आज मुख्य मन्त्रीलाई राजीनाम बुझाएका हुन् ।

उनीहरूले मुख्यमन्त्री डोरमणि पौडेलको नेतृत्वमा रहि काम गर्न नसकिएको भन्दै राजीनामा दिएका हुन्। आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जमरकट्टेल, उद्योग पर्यटन बन तथा वातावरण मन्त्री अरुणप्रसाद नेपाल र सामाजिक विकास मन्त्री युवराज दुलालले शुक्रबार सामुहिक राजीनामा दिएका हुन्।

‘डोरमणि पौडेलको नेतृत्वमा बनेको सरकार यतिबेला प्रदेशको जनताको भावना अनुरुप योजनाबद्ध रुपमा विकास निर्माण, जनसेवा र सुशासन कायम गर्दै प्रदेश सरकारको महत्वलाई स्थापीत गर्दै अगाडि बढ्नुपर्नेमा निक्कै सुस्त रहन पुग्नुमा मूख्यमन्त्री स्वयम्मा दिशाविहीन, निर्णयविहीन रहेको, प्रदेश सरकारमा संलग्न मन्त्रीपरिषद्का सदस्यको सल्लाह सुझाव, पार्टीको संसदीय दलको सल्लाह सुझावलाई विल्कुलै वेवास्था गर्दै अगाडि बढेको छ’, राजीनामा पत्रमा भनिएको छ, ‘मुख्यमन्त्रीकै कारण जनताप्रति सरकार जवाफदेहीविहीन बन्दै जान लागेको कारण यही नेतृत्वमा प्रदेश सरकारले जनअपेक्षा अनुसार काम गर्न नसक्ने निष्कर्षसहित आजैका मितिबाट लागू हुने गरी राजीनामा दिएका छौं।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *