पुषको ठिहीमा एउटा मतदाताको वकपत्र
महत्वाकांक्षाको शिकार भएको मुलुकका हामी नागरिक। धेरै शताव्दी अगाडि नजाऔं जंगबहादुरको कोतपर्व, धीर शम्शेरका सन्तानको उदयका लागि भएको रणद्वीप सिंहको हत्या र जंगबहादुरका सन्तानको नरसंहार, २०१७ सालको महत्वाकाँक्षाको टक्कर वि.सं. २०४६ पछि गणेशमान र गिरिजाको महत्वकांक्षा, कृष्णप्रसाद भट्टराई बर्हिगमन, शेरबहादुर र गिरिजाको महत्वाकाँक्षा कलस र रुप, २०५४ को माधव नेपाल केपी र वामदेव सिपीको लडाइँ। माधव केपी र वामदेव, सिपीको लडाइँ, राजा वीरेन्द्रको वंशनास पछि अपूतालिमा पाएको राजापदको राजा ज्ञानेन्द्रको सत्ताको भोकको गर्मी।
प्रचण्ड बाबुरामबीचको जनयुद्धकालीन समयदेखि आजसम्मको अन्तरद्वन्द्व, माओवादी छिया छिया, यी सबै घटनाहरु जनताको लागि नभइ सत्ताकालागि भएका द्वन्द्व हुन्। आज पुष्को ठिहीमा जनसरोकार रहेन नेकपा (नेकपा) को खिचातानी र प्रचण्ड माधव भर्सेस केपीको सत्ताको महत्वाकाँक्षाको लडाईँ।
साच्चै सत्तामात्र जपिरहनेहरुले जनताको मनोभावको बोझ उठाउन सक्तैनन्। बोझ उठाउने क्षमता उसमा हुँदैन जो सत्ता सत्ता सत्ताको दिन रात सपना देख्छ। परिवार गुट, नातागोता, हिजोको गुण लगाउनेहरुको वरिपरी रम्नेहरुले राष्ट्रको जनताको बोझालाई थेग्न सक्दैन। जो यी बन्धनबाट मुक्त हुन्छ तिनले मात्र राष्ट्रको र जनताको इच्छा आंकाक्षाको बोझ उठाउन सक्छन्।
कुनै पनि लोकतान्त्रिक दल, संघ, संस्था, प्रतिष्ठान, घर परिवारले आलोचनाको सम्मान गर्छ। आलोचना तल खसाल्ने, खुइल्याउने नभै सकारात्मक भएमा त्यसले गति र तिखारिन मौका पाउँछ। आलोचनालाई स्वीकार गर्न सक्ने क्षमताले जवाफदेहिता स्वीकार गरेर आफूलाई चुस्त दुरुस्त बनाउँछ। बिग्रह ल्याउँदैन र इगो पाल्दैन।
दल र परिवार भनेको उस्तै उस्तै हो। दल र घरमा मूली हुन्छ। दल र घरमा विभिन्न आयाम, दृष्टिकोण, मनोभाव वोकेका सदस्यहरु हुन्छन्। तिनीहरुलाई एकीकृत गरी सवल सक्षम ढंगबाट सञ्चालन गरी असन्तुष्टी, विद्रोह उब्जिन नदिन र तोकिएको निर्दिष्ट लव्य प्रति जनहितकारी घर भए परिवार हितकारी कार्य गरी सांगठानिक र वैचारिक संस्कारयुक्त मान्यताका लागि प्रशिक्षण गर्दै एकताको नियो विचारलाई बनाउँदै घर र दल सञ्चालन गर्न पर्छ कि यो मेरो मनोभाव हो।
परिवारमा हजुरबुवा, हजुरआमा, पिता, माता, काका, काकी, वैनी, दिदी, भतिजा, भतिजी सवै हुन्छन् तर पुत्र, पुत्री र पति पत्नीलाई मात्र परिवार मान्दा परिवार विघटन हुन्छ। त्यस्तै दलमा पनि त्यही कुरा लागू हुन्छ।
परिवार भित्र मूलीले मुस्कान आफू मात्र लिने, मनपरेकालाई मात्र लिने वातावरणले परिवारमा भाँडभैलो हुन्छ। समय सदैव कसैको पेवा हुँदैन। घरमुूलीहरुले दलमूलीहरुले, सामूहिक नेतृत्वको प्रणाली छ भने सामूहिक नेतृत्वकर्ताहरुले, आत्मनिरीक्षण, सुक्ष्म अध्ययन, मिहीन ढंगबाट सन्तुलित नमिलाउँदा बाह्य चाटुकारहरुको प्रसंसाको आधारमा मात्र गर्ने गर्यो भने मानिएको, पूजिएको सत्पूरुष पनि मतिभ्रष्ट हुन्छ।
आजकाल नेपाली राजनीतिज्ञहरुलाई राजनीतिका स्मगलरको रुपमा तुलना गर्ने संख्याको बढोत्तरी हुँदै गएको छ। आरोप पनि छ, धेरै सत्यता पनि छ उनीहरुको (दलको शिर्ष मूलीहरुको) आर्थिक, राजनैतिक सामाजिक साँस्कृति क्षेत्र र देशी विदेशी डरलाग्दा स्मगलरहरुकोसँग गठजोड छ।
कुनै पनि लोकतान्त्रिक दल, संघ, संस्था, प्रतिष्ठान, घर परिवारले आलोचनाको सम्मान गर्छ। आलोचना तल खसाल्ने, खुइल्याउने नभै सकारात्मक भएमा त्यसले गति र तिखारिन मौका पाउँछ। आलोचनालाई स्वीकार गर्न सक्ने क्षमताले जवाफदेहिता स्वीकार गरेर आफूलाई चुस्त दुरुस्त बनाउँछ। बिग्रह ल्याउँदैन र इगो पाल्दैन।
तर नेपाली दलहरुमा जनताको मनोभाव र जनताको समस्या निराकरण भन्दा पनि आफ्नो पहिचान, इगो र सिंहासन कै चिन्ता रहेको छ। त्यसैको परिणाम हो पुषको जाडोमा नेकपाको घरजलन र आगो तपाइ।
दल र घर सदस्य विना हुँदैन। मतदाता, शुभचिन्तक, कार्यकर्ताको मेहनत पसिनाले बनाएको संगठन, त्यसको विधि, प्रक्रिया, विचार आन्दोलनलाई नजरअन्दाज गरी मठाधिस भैरहने, मठाधीश छिटो हुने रहरले घर नजले के जल्छ त। घर जलाउन एउटाले पेट्रोल हाल्छ, अर्कोले सलाई कोर्छ फेरी दोषारोपण गर्छन्।
त्यसले जलायो, उसले जलायो भनेर। अनि अन्धभक्तहरुको भिडले वैचारिक अन्धताको जन्म हुन्छ र भएको छ। कुनै पनि कालखण्डमा राजनैतिक दलहरुको विभाजन को यातनाले जनताको मन बोझिल भएको छ।
उत्साहिनता, उदासी, हतास मनस्थिति वाहेक केही पाएको छैन। २–४ जनाको महत्वाकांक्ष र इगोले लाखौ लाख कार्यकर्ताको भविष्य माथि मतदाता प्रति अनिश्चित भविष्य दिएको छ। अबको दुईतिहाई नजिक पुगेको सत्ताधारी दलको विभाजनले पनि दिने त्यही नै हो।
जनताको उज्वल भविष्यको सुत्रपात जनहितकारी राज्य सत्ताबाटै प्रारम्भ हुन्छ। तर राजैतिक सत्तामा बसेका दल र सरकार सञ्चालनका लागि गएका पात्रहरुको छलकपट, टिकिरहने, टाँसिरहने पाइन भन्नेहरुको चलखेलका कारणबाट जनता छलछाममा पर्छन्। यो नेपालको राजनैतिक विकासमा यो रोग निरन्तरता छ। त्यही निरन्तरताको प्रतिफल आज फुटको दुर्दशा।
यी फुटिहाले अब हाम्रो पालो भनी कुरी बसेका संवेदनहीन, मुर्दा सुताई रहेका प्रतिपक्षहरु पनि त्यहि ड्यागका मूला हुन्। मरेपछि स्वर्ग पाइन्छ कि नर्क पाइन्छ त्यो के फरक पर्छ र! मृत्यु भोजमा रमाउनेहरुको भिडले अर्कोको सत्य खोज्ने वाहेक सार्थक जीवन बाच्न सक्दैन। आफ्ना आफ्ना स्वार्थका लागी स्वघोषित माक्सैवादीहरु टुक्रिएर दन्तवजान गर्दा र को कता लाग्दा मतदाता र जनतलाई केही फरक परेन।
जनताको सपनालाई, समाजवादी उन्मुख सपनालाई मजाकमा परिणत गर्ने तिनै पात्रहरुबाट स्वप्निल सपना भनी सस्तो र गणुस्तर छ भनि फुटपाथमा केही सामान रुपी सपना बेच्न आउनेछन् होसियार रहौं। आजको दलभित्रको किचलो नेकपा को विभाजन महाभारतको धर्मयुद्ध होइन। कौरव–कौरव बीचको लडाईँ हो। दुशासन र दुर्योधनको लडाईँ हो।
अहंकार, इगो, महत्वाकांक्षाको लडाईँ हो। दुःख जनतलाई–सत्यानास हुन्छ जनताको करको। अज्ञात मार्गमा अज्ञात लक्ष्यमा महत्वांक्षा र इगोको आगोमा वि.सं. २००६ साल देखिको प्रगतिशिल जनमत र उपलब्धिहरुलाई दक्षप्रजापितको हवनकुण्डमा सतिदेवी को झै हवन गरेका छन् नेपालका तथाकथित प्रगतिशिल क्रान्तिीकारीहरुले।
निधार समातेर मुर्झाएको अनुहार लिएर फेरि तिनै चारित्रलाई भोट हाल्नु पर्ने भएमा या पुनः सत्ता समिकरणको राजनीतिको निर्णयलाई जनताले कसरी स्वागत गर्ने छन् त्यो हेर्न वाँकी छ। अन्धभक्तहरुको जिन्दावाद र मुर्दावादको हो हल्ला र प्रतिपक्षको मगन्ते मगाइलाई वधाई र शुभकामना आजको परिवेशमा दिन सकिएन। अस्तु ।
Facebook Comment