प्रभु लाइफ इन्सोरेन्सको आइपीयो बाँडफाँट, आधा भन्दा धेरैको हात रित्तो
काठमाडौं । प्रभु लाइफ इन्सोरेन्सको आइपीयो शुक्रबार बाँडफाँट भएको छ। बिक्री प्रबन्धक सिदार्थ क्यापिटलले आफ्नै कार्यलय नारायणचौर नक्सालमा संस्थाको आइपीययो बाँडफाँट गरेको हो।
यस संस्थाको आइपियोमा कुल २ अर्ब ९२ करोड ८७ लाख ४३ हजार रुपैयाँ बराबरको आवेदन परेको थियो। १० लाख ८२ हजार १४३ जनाले २ करोड ९२ लाख ८७ हजार ४ सय ३० कित्ताका लागि आवेदन भरेको थिए। जसमा संस्थाको आइपियो ५ लाख ४० हजार जनाले मात्र गोलाप्रथाबाट १० कित्ताका दरले सेयर पाएका छन्। यो संख्या कुल आवेदकको मध्ये ४९ दशमलव ९० प्रतिशत हो।
प्रभुले मंसिर २९ गतेबाट पुस २ गतेसम्म ६० करोड रुपैयाँ बराबरको कुल ६० लाख कित्ता आइपीयो निस्कासन गरेको थियो।
प्रतिक्रिया
Facebook Comment