मन्त्रिपरिषद्मा थपिए पाँच नयाँ मन्त्री

डिसी नेपाल
१० पुष २०७७ १७:४०

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदमा ५ जना थपेका छन्। संसद विघटनपछि ७ जनामन्त्रीले सामुहिक राजीनामा दिएका थिए। रिक्त रहेका मन्त्रालयमा प्रधानमन्त्री ओलीले ५ जनालाई मन्त्री बनाएका हुन्।

बालुवाटार स्रोतका अनुसार टोपबहादुर रायमाझी ऊर्जा, मणि थापा पर्यटन, प्रभु साह श्रम, दावा लामा शिक्षा र गौरिशंकर चौधरीलाई खानेपानी मन्त्रीको जिम्मेवारी दिएका छन्। नयाँ मन्त्रीहरुको शपथ ग्रहण अहिले ७ बजे शीतल निवासमा हुने राष्ट्रपति कार्यालयले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *