अनेरास्ववियूका सहसंयोजक तामाङले हटाए संयोजक महरलाई

डिसी नेपाल
१० पुष २०७७ १८:३०

काठमाडौं । नेपाल कम्युनिस्‍ट पार्टीको भातृ संगठन अनेरास्ववियूका सहसंयोजक रञ्जित तामाङ समूहले संयोजक ऐन महरलाई संयोजकको जिम्मेवारीबाट हटाएको घोषणा गरेको छ ।

शुक्रबार विज्ञप्ति जारी गर्दै संगठनको बहुमतको निर्णयले महरलाई कारबाही गरेको तामाङले जनाएका छन् ।

सरकारले संसद विघटन गरेपछि नेकपा अहिले विभाजित छ । प्रचण्ड-माधव समूह र ओली समूहले छुट्टाछुट्टै केन्द्रीय कमिटी बैठक गरेका छन् ।

अनेरास्वयियूका सहसंयोजक तामाङ प्रचण्ड-माधव समूहतिर छन् भने संयोजक महर केपी ओली समूहतिर छन् ।

संगठनको नीति, निर्णय र विधान विपरीतका गतिविधि निरन्तर जारी राखेकाले अनेरास्ववियूको अन्तरिम विधान २०७६ को धारा ७ बमोजिम संगठनको बहुमतको निर्णयअनुसार उनलाई कारबाही गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

महरलाई गरिएको कारबाहीलाई अनुमोदन गर्नका लागि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय कमिटी बिद्यार्थी फ््रयक्सनलाई सिफारिस गरिएको विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्ति




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *