८ मन्त्री र एक राज्यमन्त्री लिए शपथ, खेलकुद मन्त्री विश्वकर्मा मन्त्रीबाट हटाइए

डिसी नेपाल
१० पुष २०७७ १९:५५

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार अबेर मन्त्रिपरिषद विस्तार गरेका छन्। नयाँ थपिएका ८ जना मन्त्रीहरुले राष्ट्रपति निवास शीतल निवासमा शुक्रबार नै राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। यस्तै एक राज्यमन्त्रीले पिन शपथ लिएकी छन्र।

नयाँ बन्ने मन्त्रीहरुमा टोपबहादुर रायमाझी, मणि थापा, प्रभु साह, जुलीकुमारी महतो, विमला विक, गौरीशंकर चौधरी, गणेश ठगुन्ना, प्रेम आले र दावा तामाङ रहेका छन्। विमला बिक उद्याेग राज्यमन्त्री बनेकी हुन्र। अरू सबै मन्त्री हुन्र।

खेलकुदमन्त्री जगतबहादुर विश्वकर्मालाई भने मन्त्रीबाट हटाइएको पुष्टि भएको छ। यस्तै राज्यमन्त्री रहेका मोतिलाल दुगडलाई पनि राज्यमन्त्रीबाट हटाइएको छ।

शुक्रबार मन्त्री हुनेहरुमा मध्ये ५ जना पूर्व माओवादीतर्फका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *