चीनले नेपालसँगको व्यापारमा दोहोरो चरित्र देखायोः नेपाल चेम्बर अफ कमर्स

डिसी नेपाल
११ पुष २०७७ ११:२७

काठमाडौं। नेपाल चेम्बर अफ कमर्सले चीनले नेपालसँगको व्यापारमा कोरोनाको बाहना बनायर दोहोरो चरित्र देखाएको भन्दै आपत्ति जनाएको छ।

नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को नवनिर्वाचित कार्यसमितिलाई स्वागत तथा बधाइ ज्ञापन गर्न शुक्रबार आयोजित कार्यक्रममा बोल्दै चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठले नाका खोलिएको भनिएता पनि एक वर्षदेखिका सामान अड्किएको गुनासो गरे।

नाका खोलिएको भनिएपनि बन्द रहे सरहनै भएकाले व्यवसायीले दुःख पाउनुपरेको उनको भनाइ छ। उक्त कार्यक्रममार्फत चेम्बरले चीनर्फको नाका प्रभावकारी नहुँदा नेपाली व्यवसायीले निकै दुःख पाएको भन्दै व्यापार सहजीकरण गर्न समबद्ध सबैलाई आग्रह गरेको छ।
‘करोडौं मूल्य बराबरको सामानहरु चीनतर्फ नाकामा कुहिन लाग्दा व्यवसायीहरु पनि ब्याजको मारमा परेका छन्।

कोरोनाको बहानामा चीनले नेपालसँगको व्यापारमा दोहोरो चरित्र देखायो, कि नाका बन्द गरोस् कि व्यापार सहज बनाओस’ अध्यक्ष श्रेष्ठले भने।

देशमा विकसित पछिल्लो राजनीतिक घटनाक्रमले आर्थिक विकासका मुद्दा ओझेलमा पर्न लागेको भन्दै उनले आर्थिक मुद्दा नछोड्न आर्थिक पत्रकारहरुलाई आग्रह समेत गरेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *