८ बर्षभित्र चीन विश्वकै ठूलो अर्थतन्त्र बन्ने
काठमाडौं। बेलायतको सेन्टर फर इकोनोमिक्स एण्ड विजनेस रिसर्चले चीन अबको ८ बर्षभित्र विश्वको सबैभन्दा ठूलाे अर्थतन्त्र बन्ने देखाएको छ। शनिबार सार्वजनिक गरिएको उक्त अध्यनले सन् २०२८ भित्र हालको विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र भएको मुलुक अमेरिकालाई उछिनेर चीन विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र भएको मुलुक बन्ने दाबी गरेको छ।
यसअघि गरिएका अध्यनमा चीन सन् २०३३ सम्ममा चीनको अर्थतन्त्रले अमेरिकाको अर्थतन्त्रलाई उछिन्ने दावी गरिएको थियो। तर, नयाँ अध्ययनले यसअघि भविष्यवाणी गरिएको भन्दा पाँच वर्ष पहिला नै चीन विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र बन्ने उल्लेख छ।
चीनले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण र भाइरसका कारण सिर्जीत समस्यालाई छिटो र राम्रो तरिकाले व्यबस्थापन गरेका कारण युरोपियन देशहरु र अमेरिकाले भन्दा चीनले तीव्र गतिमा आर्थिक विकास गर्ने उल्लेख गरिएको छ।
यस्तै अध्ययनले छिमेकी मुलुक भारत सन् २०३० भित्र विश्वको तेस्रो ठूलो अर्थतन्त्र बन्ने उल्लेख गरेको छ।
Facebook Comment