काठमाडौं ल्याण्ड गरेपछि सिधै दूतावास गए चिनियाँ उपमन्त्री

डिसी नेपाल
१२ पुष २०७७ १४:१४

काठमाडौं। चिनियाँ कम्युनिष्ट पार्टीको विदेश विभागका उपमन्त्री गुओ येझेउ ४ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै काठमाडौं आएका छन्। उनी सवा एक बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका थिए।

त्यसपछि उनी सिधै काठमाडौंस्थित चिनियाँ दूतावास पुगेका छन्। केही समयपछि उनी राजनीतिक भेटमा सक्रिय हुने स्रोतले बताएको छ।

नेपालमा सत्तारुढ दल नेकपा विभाजन र संसद् विघटनपछि उत्पन्न नयाँ राजनीतिक घटनाक्रमका बीच उनी काठमाडौं आएका हुन्।

चिनियाँ राजदूत होउ यान्छीले नेपालमा नेकपा नेताहरुसँग भेटघाटलाई तिब्र पारेकी छन्। उनले नेकपाका नेताहरु प्रचण्ड, माधवकुमार नेपाल, कृष्णबहादुर महरालगायतलाई भेटेकी थिइन्। त्यसअघि उनले राष्ट्रपति विद्यादेवी भण्डारीलाई पनि भेटेकी थिइन्।

नेकपामा विवाद हुँदा राजदूत यान्छी सक्रिय हुने गरेकी थिइन्। यो पटक संसद् विघटन र नेकपा विभाजन भएका बेला चिनियाँ कम्युनिष्ट पार्टीका उच्च अधिकारीको काठमाडौ. भ्रमणलाई नेकपा विवादसँग जोडेर हेरिएको छ।

तत्कालिन नेकपा र चिनियाँ कम्युनिष्ट पार्टीबीच भाइचारा सम्बन्ध राख्ने सम्झौता नै भएको थियो।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *