विपन्न परिवारलाई कम्बल
काठमाडौं । मानव अधिकार तथा शान्ति समाजले निजी संस्थासँगको सहकार्यमा विभिन्न जिल्लाका विपन्न परिवारलाई जाडोबाट बच्न कम्बल वितरण गरिएको छ । समाजको पर्सा शाखाको आयोजना र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीलगायतको सहयोगमा पुस १० गते वीरगञ्ज महानगरपालिकाको वडा नं ४, ५ र ७ का विपन्न दलित परिवारलाई २०० थान कम्बल वितरण गरेको केन्द्रीय महासचिव सुशील बस्नेतले जानकारी दिए । सहयोगी संस्थाको सहयोगमा अरु जिल्लाका विपन्नलाई पनि कम्बल वितरण गरिने पनि उनले बताए ।
यसैगरी समाजको सिराहा शाखाको आयोजना र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीलगायत संस्थाकै सहयोगमा सप्तरी जिल्लाको डाक्नेश्वरी नगरपालिका–९ का विपन्न दलित परिवारलाई २०० थान कम्बल वितरण गरिएको छ । कार्यक्रमको संयोजन गर्नुभएका शान्ति समाज पर्सा शाखा सभापति अमरबहादुर गौतमले सेवामुखी उद्देश्य बोकेका संस्थाको तर्फबाट भविष्यमा पनि सहयोग कार्यक्रमलाई निरन्तरता दिने बताए ।
समाज कपिलवस्तु शाखासहितको आयोजनामा ७२औंँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसका सन्दर्भमा हालै जितपुर कपिलवस्तुमा आयोजित रक्तदान कार्यक्रममा ५२ जनाले रक्तदान गरेका छन् । कार्यक्रममा शान्ति समाज कपिलवस्तु शाखा सभापति गोविन्दराज पोखरेलले जीवनमुखी उद्देश्य बोकेको संस्थाले भविष्यमा पनि रक्तदानलगायत मानवीय कार्यलाई निरन्तरता दिने बताए ।
Facebook Comment