सौराहामा डिसी नेपाल र नेचर गाइडको संयुक्त रक्तदान
चितवन। डीसी नेपालको चर्चित टक शो मजदुर मञ्च र नेचरगाइड एसोसिएसनको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम आइतबार चितवनको सौराहा थारु भिलेज प्रा. लि. को प्राङ्गणमा सम्पन्न भएको छ। कार्यक्रममा ४ महिला सहित ४४ जनाले रक्तदान गरेका थिए।
चितवनमा भएको रगतको अभावलाई मध्यनजर गरी कार्यक्रम आयोजना गरिएको थियो। नेचरगाइड एसोसिएसनले रक्तदान कार्यक्रम गर्ने सोच बनाएकै बेला डीसीनेपाल मजदुर मञ्च कार्यक्रमसँग सहकार्य गरी रक्तदान कार्यक्रम गर्न पाउँदा खुसी लागेको सौराहाका नेचर गाइड रामचन्द्र सापकोटाले जानकारी दिए।
स्थानीय ५९ बर्षीय तिलक सुवेदी र प्रहरी चौकी बछौलीका प्रहरी हबल्दार बिरेन्द्र चौधरीले रगतदान गरी कार्यक्रमको शुरुवात गरिएको थियो ।
स्थानीय ५९ बर्षीय तिलक सुवेदीले रक्तदान कार्यक्रममा भाग लिन पाउँदा अत्यन्तै खुसी लागेको बताउदै कार्यक्रम आयोजकलाई विशेष धन्यवाद दिँदै आगामी दिनहरुमा यस्ता कार्यक्रमहरु गरिरहन आग्रह गरे।
सौराहामा सबैभन्दा पुराना नेचर गाइड जनुवा राउत प्रमुख अथिति रहेको सो कार्यक्रममा सौराहा थारु भिलेज ,मेरो आमा फाउण्डेशन,पञ्चतारा महिला बचत तथा ऋण सहकारी संस्था,नेपाल रेडक्रस सोसाइटी बछौली ,युनाइटेड हात्ती सञ्चालन सहकारी संस्था र लायन्स क्लब अफ चितवन सौराहा सो कार्यक्रमको सहयोगी संस्थाका रुपमा रहेका थिए।
नेचर गाइड एसोसियसन चितवनका अध्यक्ष राजेन्द्र धामीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य कपिल पोखरेल, नेकपाका नेता लोकराज भुसाल, पञ्चतारा महिला बचत तथा ऋण सहकारी संस्थाकी अध्यक्ष सानुमाया थापामगर, रेडक्रस बछौलीका सभापति सुवास विडारी, सौराहा थारु भिलेजका सञ्चालक मधुसुदुन सिलवाल, युनाइटेड हात्ती सञ्चालन सहकारी संस्थाका अध्यक्ष ऋषि तिवारी, संरक्षणकर्मी टीका गिरी लगायतको सहभागिता रहेको थियो ।
कार्यक्रमका केही तस्बीरहरू
Facebook Comment