तोलामा ७ सय बढ्यो सुन
काठमाडौं। साताको दोष्रो दिन सोमबार सुनको मूल्य ह्वात्तै बढेको छ। सोमबार छापावाला सुन प्रतितोला ७ सय रपैयाँ बढेको छ। आइतबार स्थिर रहेको सुनको मूल्य सोमबार ७ सय बढेर ९४ हजार ९ सय रुपैयाँ कायम गरिएको नेपाल सुन चाँदी व्यबसायी महासंघले जनाएको छ।
सोमबार चाँदीको मूल्य पनि ३५ रुपैयाँले बढेको छ। आइतबार स्थिर रहेको चाँदीको मूल्य सोमबार प्रतितोला १ हजार ३ सय १५ पुगेको छ।
प्रतिक्रिया
Facebook Comment