प्रधानमन्त्री सच्चिएर आए पार्टी एकता अझै कायम रहन्छ : नेता भट्टराई

डिसी नेपाल
१३ पुष २०७७ १२:४३

बाकेँ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहका नेता तथा पूर्व पर्यटनमन्त्री योगेशकुमार भट्टराईले आफ्नो समूह अहिले पनि पार्टी एकताकै पक्षमा रहेको अवगत गराएका छन्। बाँकेकाे नेपालगञ्जमा आयाेजित पत्रकार भेटघाट कार्यक्रममा भट्टराईले त्यसका लागि प्रधानमन्त्री केपी शर्मा ओली सच्चिएर आउनुपर्ने धारणा राखेका थिए।

कार्यक्रममा नेकपाका स्थायी कमिटी सदस्यसमेत रहेका भट्टराईले संविधानमा कहीँकतै प्रधानमन्त्रीले संसद् विघटन गर्न सक्ने व्यवस्था नभएले असंवैधानिक भएकाे बताए। निर्वाचन अहिले मुलुकका लागि आवश्यक नभएको तर्क राख्दै उनले प्रतिनिधिसभा विघटनको निर्णय सच्चिनेमा आफूहरु विश्वस्त रहेको बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *