कैलालीमा २ प्रहरी हत्याका मुख्य ओरोपी पक्राउ

डिसी नेपाल
१३ पुष २०७७ १३:५९

काठमाडौं। कैलालीमा २ जना प्रहरीको हत्यामा संलग्न रहेको आरोपमा प्रहरी थप १ जनालाई पक्राउ गरेको छ। मुख्या योजनाकार रहेका धनगढी उपमहानगरपालिका १० जुगेडाका सुकबहादुर भनिने अमर रानालाई प्रहरीले आइतबार साँझ पक्राउ गरी सार्वजनिक गरेको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीले आज एक विज्ञप्ति जारी गर्दै निज अमर रानालाई आइतबार पक्राउ गरिएको जानकारी दिएको छ। जिल्ला प्रहरी कार्यालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘घटनाका मुख्य योजनाकार जिल्ला कैलाली धनगढी उप–महानगरपालिका वडा नं. १० जुगेडा बस्ने बर्ष ३४ को सुक बहादुर भन्ने अमर राना घटना पश्चात भागी भारत तर्फ गएका, निजको निरन्तर खोज तलास जारी भएको अवस्थामा निज सुक बहादुर भन्ने अमर राना नेपाल तर्फ आई रहेको भन्ने बिशेष सुचनाको आधारमा सुदुर पश्चिम प्रदेश प्रहरी कार्यालय तथा यस कार्यालयबाट खटिएको बिशेष टोलीले निजलाई जिल्ला कैलाली धनगढी उप महानगरपालीका वडा नम्बर १९ फुलबारी एरियाको नेपाल भारत सिमा नजिकबाट मिति २०७७।०९।१२ गते राती १९ः३५ बजेको समयमा पक्राउ गर्न सफल भएको र निजलाई आजै सम्मानित कैलाली जिल्ला अदालतमा पेश गरिने।’

प्रहरीले घटनामा संलग्न ९ जनालाई पहिले नै पक्राउ गरी कारागार चलान गरिसकेको छ। यसअघि पक्राउ पर्नेमा पर्कु भन्ने रोहित राना , राजेन्द्र राना, चोर भन्ने सुरेश राना ,गब्बर भन्ने राज कुमार राना , राम निवास राना, टल्लु भन्ने दलराम राना, रोहित राना, गोपाल भन्ने राम गोपाल राना र राजिव गुप्ता रहेका छन्। उनीहरुलाई पक्राउ गरी कर्तव्य ज्यान मुद्दा दर्ता गरी, आवश्यक अनुसन्धान कार्य पुरा गरी सम्मानित कैलाली जिल्ला अदालतमा मुद्दा पेश गरिएको थियो। अदालतले उनीहरुमध्ये ८ जना पुर्पक्षका लागी कारागार चलान र राजिव गुप्ता १ लाख ५० हजार धरौटी तिरी तारेखमा छुटेको प्रहरीले जनाएको छ।

यस्तै, प्रहरीका अनुसार मृत्यु भएका प्रहरीद्वयको एक तह पदोन्नति समेत गरिएको छ। गएको कात्तिक १ गते राति धनगढी उपमहानगरपालिकाको वडा नं. १० स्थिति जुगेडामा सीमावर्ति क्षेत्रमा खटिएका प्रहरी सहायक निरीक्षक गोविन्द वि.क र प्रहरी जवान रामबहादुर साउदको शव २ दिनको फरकमा भेटिएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *