नेप्से झिनो अंकले बढ्यो, तीन अर्ब ८५ करोडको कारोवार

डिसी नेपाल
१३ पुष २०७७ १६:४२

काठमाडौं। साताको दोस्रो दिन सोमबार सेयर बजार परिसूचक नेप्से झिनो अंकले बढेको छ। सोमबार नेप्से ८ दशमलव ५७ अंकले बढेर २ हजार ७ दशमलव २९ अंकमा बन्द भएको छ।

यसअघि आइतबार भने नेप्से झण्डै ४० अकंले घटेको थियो। आइतबारको तुलनामा सोमबार कारोबार रकम भने घटेको छ।

सोमबार २ सय १४ कम्पनीको ७४ लाख ९७ हजार ३ सय ८४ कित्ता सेयर खरिदबिक्री हुँदा ३ अर्ब ८५ करोड भन्दा बढीको कारोबार भयो।
सोमबार टे«डिङ, डेभलभमेन्ट बैंक र अन्य समूहको सेयर घट्दा कारोबार भएका अन्य सबै समूहहरु बढेको छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *