मिथिला आर्टमा अब्बल सुनैना जसका हातमा जतिखेर पनि रंग र ब्रस हुन्छ

जनकपुर । सुनैना ठाकुर मिथिला आर्टका लागि राष्ट्रिय स्तरमा नै परिचित नाम हो । मिथिला आर्टमा प्रख्यात युवा महिला सुनैना देवीको हातमा जतिखेर पनि रंग र ब्रस देखिन्छ ।
त्यसैले पनि उनलाई सुन्दरताकी तस्वीर पनि भन्ने गरिन्छ । भगवानलाई सबैले सम्मान र आदर गर्छन भने नपालको संस्कृति र सम्पदा पनि ऐतिहासिक रहेको छ । ती ऐतिहासिक सम्पदा र सांस्कृतिक धरोहरलाई सुनैनाको मिथिला आर्टले थप जीवन्त बनाउने काम गरेको छ ।
२००४ देखि मिथिला आर्टमा हात बसालेकी सुनैना देवीले साना ठुला गरेर १० हजार बढी सुन्दर र अति आकर्षक चित्र कोरिसकेकी छन । उनले आफनो आर्टलाई अमेरिका , जापान , श्रीलंका , भारत लगायतका धेरै देशमा प्रदर्शन समेत गरिसकेकी छन । अहिले पनि उनको कलाको सम्मान गरेर बिभिन्न देशले प्रदर्शनीका लागि अफर गरेको पत्र उनको हातमा छ तर कोभिड १९ को कारणले प्रदर्शनीका लागि बाहिर निस्कन पाएकी छैनन ।
जनकपुर जस्तो अन्तराष्ट्रिय रुपमा पनि प्रतिष्ठित रामजानकी मन्दिर नजिकै स्थायी घर भएकी ३७ बर्षीया सुनैना देवीमा मिथिला आर्ट प्रति जुनखालको लगाव थियो त्यो लगाव र चाहनामाथि हौसला , प्रेरणा र उर्जा भर्ने काम जेण्डर स्पेलिष्ट मीना शर्माले गरेकी छिन । ‘‘सर्च फर कमन ग्राउण्ड’मा हुंदा देखि नै मीना शर्मा दिदीले सहयोग गर्नुभयो र अहिले सम्मपनिमिथिला आर्ट मार्फत राष्ट्रिय अन्तराष्ट्रिय रुपमा स्थापित बनाउन लागिरहनु भएको छ त्यसैले म अगाडि बढनुमा पहिलो श्रेय मीना दिदीलाई दिन्छु’, सुनैना ठाकुर भन्छिन, ‘त्यो संगै मेरा श्रीमान शम्भु ठाकुरको पनि पुर्ण सहयोग र सकारात्मक सोचकै कारण म मिथिला आर्टको क्षेत्रमा अग्रभागको सुचिमा परेकी छु त्यसका लागि उहाँहरु प्रति नमन गर्दछु ।’
मिथिला आर्टबाटै एक दर्जन बढी राष्ट्रिय अन्तरराष्ट्रिय पुरस्कारबाट सम्मानित सुनैना देवीले कोभिड १९ को विश्वव्यापि महामारीको समयमा विभिन्न पीडामा रहेका मजदुर , श्रमजीवीनागरिक , गर्भवतीमहिला , बालबालिका , विद्यालय जान नपाएका विद्यार्थीको अबस्था र कोरोना महमारीका कारण अस्पताल जाननपाएर छट्पटाएकी गर्भवती महिलाको अवस्था झल्किेने खालका थुप्रै आर्ट गरेकी छिन । त्यसैले पनि उनका पछिल्ला आर्टलाई निकै महत्वका साथ हेर्ने गरिएको छ । उनका हातले कोरेका चित्रहरु २ सय देखि ८० हजार सम्म पर्छ ।
Facebook Comment