तेल ट्यांकरको ठक्करबाट किशोरीको मृत्यु

राजविराज । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको भारदहमा आज साँझ तेल ट्यांकरले ठक्कर दिँदा एक किशोरीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा जिल्लाको तिरहुत गाउँपालिका–३ का देवनारायण दासकी १३ वर्षीया छोरी लक्ष्मीकुमारी रहेको इलाका प्रहरी कार्यालय भारदहले जनाएको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ४ ख ३७३३ नम्बरको तेल ट्यांकरले ठक्कर दिँदा गम्भीर घाइते भएकी लक्ष्मीको विराट नर्सिङ होम विराटनगरमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
साइकलमा सवार लक्ष्मीलाई बाटो काट्ने क्रममा ट्यांकरले ठक्कर दिएको प्रहरीले जनाएको छ । रासस
प्रतिक्रिया
Facebook Comment