मंगलबार ह्वात्तै घट्यो सुन
काठमाडौं। साताको तेस्रो दिन मंगलबार सुनको मूल्य ह्वात्तै घटेको छ। एकैदिन सुनको मूल्य प्रतितोला ८ सय रपैयाँ घटेको छ। मंगलबार ८ सय घटेसँगै छपावाला सुनको प्रतितोला मूल्य ९४ हजार १ सय रुपैयाँ कायम गरिएको नेपाल सुन चाँदी व्यबसायी महासंघले जनाएको छ।
यसअघि सोमबार सुनको मूल्य तोलामा ७ सय रुपैयाँले बढेको थियो।
यस्तै मंगलबार चाँदीको मूल्य पनि घटेको छ । तोलामा १५ रुपैयाँले घटेर चाँदी १३ सय रुपैयाँमा किनबेच भइरहेको छ।
प्रतिक्रिया
Facebook Comment