एनएसीजीको अध्यक्षा गुरुङ र सहअध्यक्षमा थापा चयन
काठमाडौं। एनएसीजीको अध्यक्षमा एट्वीनकी बेनुमाया गुरुङ र सहअध्यक्षमा कन्सोर्टियम नेपालका किरण थापा चयन भएका छन्। नेपालमा सन् २०१२ जनवरी ६ मा स्थापना भएको एनएसीजी नेपालको सोमबार सम्पन्न चौथो वार्षिक साधारण सभा तथा अधिवेशनले आगामी २ वर्षक लागि अध्यक्षमा गुरुङ सह–अध्यक्षमा थापालाई चयन गरेको हो।
अधिवेशनले पाँच सदस्यीय सल्लाहाकार समिति गठन गर्दै उक्त समितिको संयोजकको रुपमा बालअधिकार अभियन्ता कृष्ण सुवेदीलाई चयन गरेको छ।
उक्त सभाले बाल अधिकारसँग सम्बन्धित आठ वटा संजालहरुलाई सदस्यता समेत प्रदान गरेको छ। हाल एनएसीजी नेपालमा सत्र वटा सदस्य संजालहरु रहेका छन्।
उक्त कार्यक्रममा बोल्दै एनएसीजी नेपालका निवर्तमान अध्यक्ष कृष्ण चन्द्र आचार्यले नयाँ अध्यक्ष तथा सह–अध्यक्षलाई बधाइका साथै विगत झैं आउने दिनमा पनि एनएसीजी नेपाललाई साथ दिने प्रतिबद्धता व्यक्त गरे। कार्यक्रममा बाल अधिकारसँग सम्बन्धित संजालका प्रतिनिधिहरु तथा बाल अधिकार अभियन्ताहरुको उपस्थिति रहेको थियो।
सन् २०१०,जुनमा सार्क सदस्य राष्ट्रहरुको मन्त्रीस्तरीय बैठकले सार्कको एपेक्स वडीको रुपमा साउथ एशियन ईनिसियटिभ टु ईन्ड भ्वाईलेन्स अगेन्सट् चिल्ड्रेन अर्थात “साईबाक”को स्थापना गर्ने निर्णय गरेको थियो। दक्षिण एशियामा बालबालिका माथि हुने हिंसा अन्यका लागि सरकारी र नागरिक समाजको सहभागिता सुनिश्चित गर्नु साईबाकको उद्देश्य हो।
त्यसैगरी प्रत्येक दक्षिण एशिया राष्ट्रहरुका सरकारी सँगै सम्वन्धित मन्त्रालय राष्ट्रिय संयोजक रहने र नागरिक समाजको सुनिश्चितता सँगसँगै साईबाकसँग काम गर्न प्रत्येक दक्षिण एशिया राष्ट्रहरुमा बाल हिंसा विरुद्ध क्रियाशिल राष्ट्रिय कार्य समन्वय समूह अर्थात एनएसीजी गठन गरिएको थियो।
Facebook Comment