प्रदेश नं १ मा २५३ सङ्क्रमित निको

डिसी नेपाल
१४ पुष २०७७ १९:३६

कैलाली । प्रदेश नं १ मा पछिल्लो २४ घण्टाको अवधिमा २५३ जना सङ्क्रमित निको भएर घर फर्केका छन् । यसरी निको हुनेमा होमआइसोलेसन तथा विभिन्न कोभिड अस्पताल रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । हालसम्म निको हुनेको सङ्ख्या २७ हजार ८७० पुगेको छ ।

यसैगरी प्रदेशमा सोही अवधिमा ४२१ जनाको पीसीआर परीक्षण गरिएकामा १२ महिला र १८ पुरुष गरी ३० जनाको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ । थप हुनेमा मोरङमा १५ मध्ये विराटनगरमा पाँच, झापा र सुनसरीमा चार/चार र प्रदेश बाहिरका सात जना रहेका छन् । यस प्रदेशमा हालसम्म सङ्क्रमितको सङ्ख्या २९ हजार ७२९ पुगेको छ । प्रदेशमा अहिलेसम्म दुई लाख आठ हजार १५८ जनाको पीसीआर परीक्षण गर्ने कार्य सम्पन्न गरिएको छ । रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *