हामी उफ्रने झोलेहरु
वर्तमान सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीको आन्तरिक स्वार्थी द्वन्द्वले देशभित्र र वाहिरका कार्यकर्तमा विभिन्न किसिमका अस्वस्थ तर्क वितर्कहरू फेरि शुरु भएका छन्।
गाउँ, नगरदेखि जिल्ला, प्रदेश र राष्ट्रियस्तरमा जनमानसमा भने यो विवादले निम्त्याएको अस्थिरताले अर्थतन्त्र डाँवाडोलको स्थितिमा पुग्यो भन्ने ठूलो पीर परेको छ। जो व्यक्तिहरू पार्टीको झोला बोेकेर हिँडेका छन्, उनीहरूले त आफ्ना आफ्ना नेताहरूको डम्फू बजाउनु स्वाभाविक हो।
काे ठिक, को बेठिक आम जनताहरू जान्दैनन्। उनीहरू अगाडि जे छ त्योमात्र देख्छन्। नेपालको वर्तमान राजनैतिक परिप्रेक्ष्यमा सानोतिनो विश्लेषण गर्दा प्रधानमन्त्री केपी शर्मा ओलीजीको कदम ठीक छैन भन्ने नेपाली काँग्रेसका एक पक्षको भनाइ छ भने अर्को पक्ष ओलीजीलाई साथ दिनेजस्तो पनि देखिन्छ। विभिन्न पार्टीहरूका आफ्ना आफ्ना अवधारणाहरूको बाढी चल्न सुरु भइसकेको छ।
खास गरेर नेकपाका नेपाल–दाहाल पक्ष धेरै असन्तुष्ट र महत्वाकांक्षी देखिन्छन्। राजनीतिमा को ठीक को बेठिक? भन्ने छुट्टिन मुस्किल नै देखिन्छ। सबैका आफ्ना आफ्ना डम्फू हातमा छन्। पार्टीका नेताहरूको डम्फूको पछाडि लाग्दा आम नेपालीहरू दिशाविहीन भइसकेको महसुस हुन्छ। नेताहरू जनसमक्ष गएर एउटा कार्यक्रम दिने अनि चुनाव सकिएपछि आफ्नै स्वार्थमा ब्यस्त हुने दुष्चर्कले मुलुकलाई गांजेको बर्षौं भइसकेको छ।
नेताजीहरूका एजेन्डा सुन्दा अचम्म लाग्छ। उदाहरणका लागि आशा गरिएका युवा नेता योगेश भट्टराईजीको एजेन्डा के हो? भट्टराईजीको आफ्नै अभिव्यक्तिबाट सुनियो कि प्रचण्डजीलाई प्रधानमन्त्री बनाउने अवको एजेण्डा हो। कति लज्जास्पद कुरा।
देशमा खुलेआम भ्रष्टाचार छ। आजको टड्कारो आवश्यकता भनेको भ्रष्टाचारको उन्मूलन हो। जनताको स्वास्थ्य महत्वपूर्ण विषय हो। बालबालिकाहरूको शिक्षा पनि अति महत्वपूर्ण र गहन विषय हो। खुलामञ्चमा गएर भाषण गर्दैमा नेता हुन सकिन्न। जनताहरूलाई झुक्याउने काम पटकपटक भएको छ। कहिलेसम्म झुक्किने र ठगाइमा परिरहने हो? उत्तर दिने अवस्थामा न प्रचण्ड–माधव छन् न ओली नै। किनकि यिनीहरुबीच सत्ताको बाँडफाँड त भएकै हो, आ–आफ्ना कोटाबाट मन्त्री र हाकिम त नियुक्त गरेकै हुन्।
अब जनतालाई विश्वासमा लिनको लागि पहिलो मन्त्र नै भ्रष्टाचारको उन्मूलन गर्ने अभियान हुनुपर्छ भन्ने आम नेपालीको चाहना हो। गाउँको तल्लो निकायदेखि राष्ट्रको माथिल्लो तहसम्म, अधिराज्यका सम्पूर्ण निकायहरूमा भ्रष्टाचार निर्मल नभएसम्म, जनताको स्वास्थ्य र शिक्षाको पूरा जिम्मा सरकारले लिन नसकेसम्म त्यो सरकार नेपालीको लागि सदैव नीतिहीन र गतिहीन सरकार हुन्छ।
देशको भाविष्य र आम नेपालीको जीवनस्तर माथि उचाल्न अब आउने नेतृत्वले स्वार्थरहित भएर नीतिका आधारमा काम नगरे सम्पूर्ण राष्ट्रभक्त नेपालीले त्यस्ता राजनीतिकर्मीलाई अपमान गर्दै पराजित गराइदिने प्रष्ट छ। नेताजीहरूका एजेन्डा सुन्दा अचम्म लाग्छ। उदाहरणका लागि आशा गरिएका युवा नेता योगेश भट्टराईजीको एजेन्डा के हो? भट्टराईजीको आफ्नै अभिव्यक्तिबाट सुनियो कि प्रचण्डजीलाई प्रधानमन्त्री बनाउने अवको एजेण्डा हो। कति लज्जास्पद कुरा।
राज्य सुविधा उपभोग गरेर आफ्नो व्यक्तिगत राजनीति गर्ने, आफन्तहरूलाई मात्र राज्यको सुविधा उपभोग गराउने दुश्प्रवृत्तिले यो राष्ट्रलाई कहाँ पुर्याउला? हामीलाई यो महसुस हुनुपर्यो कि, यी नेताहरू कहाँबाट आए? हामी नेपालीहरूले नै भोट दिएर सत्तामा पुर्याएको हो। नेपालीहरू जीवनमा कत्तिपटक ठगिने?
को ठिक, को बेठिक? भन्ने प्रश्न नै होइन। अहिलेको राजनीतिक संस्कार नै बेठीक छ। सधैँ व्यक्तिपूजा गरेर राजनीतिको विकास हुँदैन। राजनीतिको विकास नुहुनु नै देशको समृद्धिमा चोट लाग्नु हो। नेपालको राजनैतिक, धार्मिक, साँस्कृतिक, शैक्षिक गतिविधि सम्पूर्ण कुराहरूमा राजनीतिक हस्तक्षेपका कारण अस्तव्यस्तता मौलाएको छ।
सबभन्दा पहिले त हरेक क्षेत्रको राजनीतिकरण रोक्नुपर्छ। हरेक क्षेत्रमा प्रतिस्पर्धात्मकरुपले देशवासीले राष्ट्रको सुविधा भोग्न पाउनु राष्ट्रभक्त नेपालीको मौलिक अधिकार हो। तर आम नेपालीहरू यसबाट वञ्चित छन्।
देशको विकास र आम नेपालीको स्वतन्त्ररुपले बाँच्ने र आफ्नो मौलिक अधिकार उपभोग गरी राष्ट्रको लागि सेवा गर्ने अधिकारको सुरक्षा गर्ने नेतृत्व अव नेपाल र नेपालीको आवश्यकता हो। व्यक्तिवादी र स्वार्थको राजनीतिले देशलाई खँगारेको छ। को नेता ठीक र बेठिक भन्ने प्रश्नभन्दा कुन राजनीतिक संस्कारको अनुकरण गर्दा देशले निकास पाउँछ, त्योचाहिँ महत्वपूर्ण विषय हो।
जीवनभर झोला बोक्दैमा आफ्नो अमूल्य समय खत्तम हुन्छ साथै आफ्ना सन्तानको पनि। हामी झोलेहरु भएका छौं। तिनै कुरुपअनुहारहरुको पछि लागेर हामी सडक तताउँछौं, ज्यान गुमाउँछौं, तिनलाई सत्तामा पुर्याउँछौं। कस्तो विडम्बना हाम्रो।
हाम्रोजस्तो भूपरिवेष्ठित र ठूला छिमेकी भएको भूराजनैतिक अवस्थाको मुलुकमा नेतृत्वले ध्यान दिनुपर्ने धेरै महत्वपूर्ण विषयहरू छन्। हामी भन्दै रहन्छौँ, अब चीनले के गर्ने भन्छ? अब भारतले के गर्ने भन्छ? जब हामी ठीक छौँ भने, अरुले भनेर र गरेर केही हुन सक्दैन।
जब हामी हाम्रा कमजोरीहरू बोकेर चीन र भारतसँग अनावश्यक दोस्ती गर्छौं भने अवश्य नै उनीहरूले आफ्नो फाइदाका लागि विभिन्न हतकण्डा अपनाउँछन्। यो ध्रुवसत्य हो र दूरदर्शी नेतृत्वले टड्कारोरुपले बुझ्नु पर्ने मूल मन्त्र यही हो भन्ने बुझाइ हो आम नेपालीको।
तर, अहिलेका परिदृष्यहरु हेरौं त? एउटा देश पार्टी फुटाउने खेल खेल्छ अर्को पार्टी मिलाउन दवाव दिन्छ आ आफ्ना स्वार्थका लागि। अनि हाम्रा देश तिनकै स्वार्थमा लपेटिएर कहिले पार्टी फोडिदिन्छन् र कहिले एकता गर्न पाए हुन्थ्यो भनेर रोइदिन्छन्।
के नेपालीहरू भारतीयहरूका पुच्छर हुन्? के चिनियाँहरूका पुच्छर हुन्? कि अन्यत्र मुलुकका? सिधा, सादा, इमान्दार नेपालीहरूलाई सँधैँ झुटा आश्वासनमा भुल्याइराख्ने र हामीहरू पनि तिनै झुटा आश्वासनलाई अमृतजस्तो गरी सेवन गरिरहने? हामी सम्पूर्ण राष्ट्रप्रेमी नेपालीहरूले सही नेतृत्वको चयन गर्न भित्रै दिलबाट अठोट गनुपर्छ। हाम्रो आफ्नै बानी बिग्रिसकेको छ।
हामीहरू एउटा नेताको पछि लाग्छौँ, उसको झोला बोकिरहन्छौँ। साथै आफ्नै छोराछोरीहरूलाई र आफन्तहरूलाई पनि त्यही भ्रष्टाचारी नेताको बारेमा पाठ पढाइरहन्छौँ। यस किसिमको कमजोर मनस्थितिले न त स्वयमको व्यक्तित्वको विकास हुन्छ न त आफ्ना भविष्यका कर्णधार छोराछोरीहरूको।
जीवनभर झोला बोक्दैमा आफ्नो अमूल्य समय खत्तम हुन्छ साथै आफ्ना सन्तानको पनि। हामी झोलेहरु भएका छौं। तिनै कुरुपअनुहारहरुको पछि लागेर हामी सडक तताउँछौं, ज्यान गुमाउँछौं, तिनलाई सत्तामा पुर्याउँछौं। कस्तो विडम्बना हाम्रो।
कस्ताको झोला बोक्ने त ?
हामीले यस्तो नेतृत्व चुन्न सिक्नुपर्छ कि, जसले गाउँ, नगर, जिल्ला, क्षेत्र र समग्र नेपालको अनुहारलाई विश्वसामु प्रस्तुत गर्न सकोस्। इमान्दारिता र बुद्धिमता प्रयोग गर्न सकोस्, सबैको लागि काम गर्ने र राष्ट्रको एउटा आउटलाइन होस्, वास्तविकतामा दृश्य अनुवाद गर्ने क्षमता होस्, गाह्रो कामहरू गरेर त्यसलाई सरलीकरण गर्ने क्षमता होस्, विभिन्न प्रकारका सञ्चार माध्यमबाट जनतालाई सिपको ज्ञान दिन सकोस्, जस्तोसुकै परिस्थितिमा पनि असहज हुन सिकोस्, असहज भएकोमा सहज हुन सिकोस्, प्रभावकारी र मानवीय भावनामा बग्न सिकोस्, नेतृत्वको दौडमा सदैव अगाडि हुन सिकोस्, एउटा महान् नेता भएर अरुलाई महान बनाउन सिकोस्, प्रतीज्ञा गरेको कुरा पूरा गर्न सिकोस्, जे काम गर्न सकिन्छ त्यो मात्र पूरा गर्न सिकोस्, कबुल गरेका ९० प्रतिशतभन्दा बढी सफलता लिन सकोस्, आम जनतालाई सफलतातिर डोर्याउन सकोस्।
सफलताको रहस्य भनेको राम्रो नेतृत्व हो र राम्रो नेतृत्व भनेको तपाईँका टिमका सदस्यहरू वा कामदारहरूको जीवनलाई उत्तम बनाउनु हो। असल नेतृत्वले कसैको जीवनमा फरक पार्ने अवसर प्रदान गर्दछ।
नेतृत्व सिकाउन सकिँदैन, केवल सिक्नमात्र सकिन्छ। असल काम गर्नेबारे कुरा गर्नु पनि एउटा नेतृत्व हो। नेतृत्व सेवाको अवसर हो। नेतृत्व रणनीति र चरित्रको एक जोडदार संयोजन हो।
नेतृत्वको राम्रो उद्देश्य, कल्पना र साहस हुन्। राम्रो काम गर्नु, राम्रो काम गर्नेलाई मद्दत गर्नु हो अनि गलत कार्यविरुद्धमा न्यायिक निर्णय दिनु पनि हो। दलीय र निजी स्वार्थभन्दा माथि देश र जनताका समस्या र जिम्मेवारीलाई नेकपाका दुबै पक्षले आत्मबोध गरेको भए आजको यो असहज विकास हुने थिएन।
Facebook Comment