बागमती प्रदेशमा प्रचण्ड–माधव नेपाल समूहबाट संसदीय दलको नेतामा अष्टलक्ष्मी शाक्य

डिसी नेपाल
१५ पुष २०७७ १३:५२

काठमाडौं। सत्तारुढ दल नेकपा विभाजनको असर प्रदेशसम्म पुगेको छ। बागमती प्रदेश र एक नम्बर प्रदेश सरकार विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएको प्रचण्ड–माधव नेपाल नेतृत्वको नेकपाले बागमती प्रदेशको संसदीय दलको नेताबाट डोरमणि पौडेललाई हटाइ अष्टलक्ष्मी शाक्यलाई चयन गरेको छ।

बुधबार बसेको प्रदेशसभा बैठकले शाक्यलाई संसदीय दलको नेतामा चयन गरेको हो। प्रचण्ड–नेपाल समूहले यसअघि नै शाक्यलाई मुख्यमन्त्रीमा प्रस्ताव गर्दै बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल विरुद्ध अविश्वासको प्रस्ताव गर्दा गराइसकेका छन्।

पौडेलविरुद्ध प्रदेशसभामा अविश्वास प्रस्ताव दर्ता भइसकेको छ। एक महिनाभित्र उनले विश्वासको मत लिनुपर्नेछ। ११० सदस्यीय प्रदेशसभामा नेकपाका ८१ सांसद छन्। तीमध्ये ४५ जना अष्टलक्ष्मी शाक्यको पक्षमा रहेको खड्काको दावी छ। तर दुवै पक्षले सरकार बनाउन वा टिक्नका लागि कांग्रेसको साथ खोजेका छन्।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *