राष्ट्रपतिलगायत विभिन्न संवैधानिक संस्थाका प्रमुखमाथि महाअभियोग लगाउने तयारी थियो : ओली

डिसी नेपाल
१५ पुष २०७७ १६:४५

काठमाडौं। प्रधानमन्त्री तथा नेकपा (ओली)का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध महाअभियोग प्रस्ताव ल्याउने तयारी भएको जानकारी पाएपछि आफूले संसद् विघटन गर्नुपरेको बताएका छन्।

बुधबार राजधानीस्थित कार्की ब्यांक्वेटमा सुदूरपश्चिमका कार्यकर्ताहरुको भेलालाई सम्बोधन गर्दै आफूविरुद्ध अविश्वास प्रस्ताव र राष्ट्रपतिलगायत विभिन्न संवैधानिक संस्थाका प्रमुखमाथि अविश्वास प्रस्ताव ल्याउने तयारी भएको आफूले जानकारी पाएको बताए।

ओली नेतृत्वको सरकारले संसद् विघटन गरेपछि नेकपा विभाजन भएर दुई गुट बनेको छ। एक गुटेको नेतृत्व ओलीले गरेका छन् भने अर्को गुटको नेतृत्व प्रचण्ड–माधवले गरेका छन्। बुधबार कार्की ब्यांक्वेटमा आयोजित भेलामा ओली प्रचण्ड–माधवप्रति निकै आक्रामक रुपमा प्रस्तुत भए। उनले आफूले अल्पमत स्वीकार गरेरै पार्टी एकता गरेको उल्लेख गर्दै आफूलाई हटाउन शुरुदेखि नै तिकडम भएको बताएका छन्।

उनले प्रचण्डसँग आफूले गरेका सम्झौताले एक ब्रिफकेस भरिएकोसमेत बताए। उनले मंसिर ४ को सम्झौतापछि मंसिर पाँचमै प्रचण्डले सम्झौता गरेर गल्ति गरेँकी भनेको बताए। पार्टी एकताको काम छाडेर प्रचण्डले सँधै पदका लाथि तिकडम गरेको बताए।

कार्यकर्तालाई सम्बोधन गर्दै वैशाखमा चुनाव हुने बताए। उनले प्रचण्डहरुको भविष्यवाणी सही नहुने भन्दै उनीहरुले वैशाखमा चुनाव हुँदैन भने पनि चुनाव हुने बताए। उनले प्रचण्डहरुले आफू विरामी हुँदा अब मर्छ भनेर भविष्यवाणी गरेको तर, आफूलाई केही नभएकोसमेत बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *