निर्मला पन्त प्रकरणमा बर्खास्त एसएसपी विष्टको पुनर्बहाली गर्ने मन्त्रिपरिषद्को निर्णय

डिसी नेपाल
१५ पुष २०७७ २२:३०

काठमाडौं। कञ्चनपुकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको प्रकरणमा तत्कालिन कञ्चनपुर प्रहरीले प्रमाण नष्ट गरेको भन्दै सेवाबाट बर्खास्त गरिएका तत्कालिन कञ्चनपुर प्रहरी प्रमुख एसएसपी डिल्लीराज विष्टको पुनर्बहाली भएको छ। सोही प्रकरणमा बर्खास्तीमा परेका इन्स्पेस्टर जगदीश भट्टको पनि पुनर्बहाली भएको छ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले एसएसपी विष्ट र इन्स्पेस्टर भट्टलाई पुनर्बाहली गर्ने निर्णय गरेको हो। २०७५ को असारमा बलात्कारपछि हत्या गरिएकी पन्तको हत्यारा खोज्नेक्रममा कञ्चनपुर प्रहरीले प्रमण नष्ट गरेको प्रहरी प्रधान कार्यालय र गृहमन्त्रालयले गठन गरेका छुट्टाछुट्टै छानविन समितिले निष्कर्ष निकालेका थिए।

सोही निष्कर्षका आधारमा एसएसपी विष्ट इन्स्पेस्टर जगदीश भट्ट बर्खास्त भएका थिए भने केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) का डिएसपी अंगुर जिसी, डिएसपी ज्ञानबहादुर सेठी, इन्स्पेक्टर एकेन्द्रबहादुर खड्का, सई हरसिंह धामी, सई रामसिंह धामी र जवान चाँदनी साउद निलम्बनमा परेका थिए।

तर, कञ्चनपुर जिल्ला अदालतले प्रहरी अधिकारीको पक्षमा फैसला गरेपछि बर्खास्तीमा परेका उनीहरुको पुनर्बाहली भएको हो। डीएसपीसहित अन्य प्रहरी अधिकारी सेवामा फर्किसकेका छन्। घटना भएको दुई वर्षभन्दा धेरै भइसक्दा पनि प्रहरीले हालसम्म सो घटनाका दोषी फेला पार्न सकेको छैन।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *