किन गइरहन्छ झ्याप्प-झ्याप्प बिजुली ? विद्युत प्राधिकरणले दियो ३ बुँदे प्रस्टीकरण

डिसी नेपाल
१६ पुष २०७७ १७:३६

काठमाडौं । लोडसेडिङ अन्त्य भएको लामो समय भए पनि राजधानीमा पछिल्ला दिनमा लोडसेडिङको झल्को दिँदै झ्याप्प-झ्याप्प बिजुली गइरहने समस्याले सबैलाई सताएको छ। तिन बर्षअघी नेपाल विद्युत प्राधिकरणका तत्कालिन कार्यकारी निर्देशक कुलमान घिसिङकै कार्यकालमा नेपालमा लोडसेडिङको अन्त्य भएको घोषणा भएको थियो ।

तिन बर्षपछि झ्याप्प-झ्याप्प बिजुली आउने जाने गर्नाले जनताहरु फेरी लोडसेडिङ सूरु भएको हो की भनेर चिन्तित भएका छन्। बिजु्ली आउने जाने समस्याले किन यस्तो अवस्थाको सिर्जना भयो होला भनेर आम मानिसले चासो व्यक्त गरिरहेका छन् । कतिपय मानिसहरुले सामाजिक सञ्जालमा खुलेरै आलोचना गरिरहेका छन्।

यो विषय नेपाल विद्युत् प्राधिकरणका लागि टाउको दुखाइको विषय बनेको छ । नेपाल विद्युत प्राधिकरणले विहिबार विज्ञीप्ती जारी गर्दै विभिन्न सञ्चार माध्यममा आएका अघोषीत लोडसेडिङ सूरु भएको तथा नेपाल विद्युत् प्राधिकरणले व्यवस्थापन गर्न नसकेको भन्ने समाचारप्रति ध्यानाकर्षण भएको जनाएको छ।

‘नेविप्राले विगत ३ बर्षअघिदेखि नै लोडसेडिङ अन्त्य गरिसकेको, फेरी लोडसेडिङ गर्नुपर्ने अवस्था नआएको र देहायको अवस्थामा छोटो समयलाई विद्युत आपूर्तीमा अवरोध हुन गएको ब्यहोरा आम विद्युत उपभोक्ता, मिडियाकर्मी, पत्रकार र संबन्धीत सबैमा अनुरोध गरिएको छ।’ विज्ञीप्तीमा उल्लेख गरिएको छ।

जाडो बढेसँगै सबैको घरमा विद्युत खपत् पनि बढेको छ । लोडसेडिङ अन्त्यपछि पनि माग र आपूर्तिबीचको सन्तुलन मिलाएर बिजुली वितरण गरिरहेको नेपाल विद्युत् प्राधिकरणलाई अनियमित तरिकाले विद्युत् कटौतीले जनताहरुलाई समस्या भएकोमा प्राधिकरणले क्षमा समेत मागेको छ।

माग बढ्दा केही स्थानमा स्वभाविकरूपमा लोड बढेको र लोड व्यवस्थापनमा केही समस्या आउँदा विद्युत् काटिने गरेको प्राधिकरण जनाएको छ । सोही समस्या समाधानका लागि प्राधिकरणले काठमाडौँका प्रमुख सवस्टेशन र वितरण केन्द्रहरुमा प्राविधिक जनशक्ति परिचालन गरी मर्मत गरिसकेको छ ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *