‘यस्तो बेला ओली–प्रचण्ड सहमति भए माधव नेपालको के होला?’

डिसी नेपाल
१७ पुष २०७७ ६:५८

काठमाडौं। सत्तरुढ दल नेकपा यतिबेला दुई समूहका विभाजित बनेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि विभाजित बनेको नेकपाको एउटा समूहको नेतृत्व प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले गरेका छन् भने अर्को समूहको नेतृत्व पुष्पकमल दाहाल प्रचण्ड–माधव नेपालले गरेका छन्।

प्रचण्डलाई साथ दिने पूर्व एमालेको संख्या धेरै छ। त्यसमा पनि वरिष्ठ नेताहरु माधव नेपाल र झलनाथ खनाल प्रचण्ड नेतृत्वको नेकपामा लागेका छन्।

अहिले प्रचण्ड समूहबाट प्रचण्ड र माधव नेपाल अध्यक्ष बनेका छन् भने झलनाथ खनाल वरिष्ठ नेताको हैसियतमा छन्। बुधबार प्रचण्ड पत्नी सीता दाहालको स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना गरिएको थियो।

आफ्ना पूर्व सहकर्मीको श्रीमती अस्पताल भर्ना भएको थाहा पाएपछि प्रधानमन्त्री ओलीले प्रचण्डलाई टेलिफोन गरी सीता दाहालको स्वास्थ्य लाभको कामना पनि गरे।

‘अहिले प्रधानमन्त्री र प्रचण्डबीच कुनै सहमति भइहाले माधव नेपालको ‘हार्टफेल’ हुन्छ,’ ओली समूहका एक नेताले भने, ‘ओलीजीसँग भाग नपुगेर प्रचण्डकहाँ जानुभएको छ, फेरि ओली र प्रचण्डबीच सहमति भए माधन नेपालको अवस्था कस्तो होला अनुमान गर्नुस त!’

साथै ओलीले आफ्नोतर्फबाट महासचिव विष्णु पौडेल र संसदीय दलका उपनेता सुवास नेम्वाङलाई प्रचण्डपत्नी सीताको अवस्था बुझ्न मेडिसिटी अस्पताल पठाए। पौडेल र नेम्वाङ दुवैजना बुधबार साँझ अस्पताल पुगेर स्वास्थ्य जानकारी लिएर आए।

पार्टी विभाजन भएको केही दिनपछि नै ओली र प्रचण्डबीच टेलिफोन संवाद भएपछि दुई नेताबीच पार्टी एकतालाई कायम राख्ने विषयमा सहमति भएको चर्चा चल्न थाल्यो। हामीले यो विषयमा के भएको हो भनेर प्रधानमन्त्री ओली निकट एक नेतालाई सम्पर्क गर्यौं। उनले दुई नेताबीच कुनै पनि सहमति नभएको बताए।

‘अहिले प्रधानमन्त्री र प्रचण्डबीच कुनै सहमति भइहाले माधव नेपालको ‘हार्टफेल’ हुन्छ,’ ओली समूहका एक नेताले भने, ‘ओलीजीसँग भाग नपुगेर प्रचण्डकहाँ जानुभएको छ, फेरि ओली र प्रचण्डबीच सहमति भए माधन नेपालको अवस्था कस्तो होला अनुमान गर्नुस त!’

करिव ४५ वर्षदेखि दश दिन अगाडिसम्म सँगै रहेका सहयोद्धा नेपालले पुरानो घर परिवर्तन गरी नयाँ घरजम सुरु गरेपछि ओली पक्षलाई यतिबेला माधव नेपालको चिन्ता लाग्न थालेको रहेछ। किनभने अझै ओली र प्रचण्डबीच सहमति हुने संभावना जीवितै रहेको ओली निकट नेताहरुको बुझाइ छ।

आइतबार नेकपा विभाजन रोक्ने काठमाडौं आएको चिनियाँ चार सदस्यीय प्रतिनिधिमण्डल बुधबार मात्रै स्वदेश फर्किएको छ। तत्काल कुनै नजिता नदेखिएपछि केही समयपछि चिनियाँ प्रतिनिधि मण्डलको भ्रमणको नतिजा देखिने र नेकपा विभाजन टर्न सक्ने अझै संभावना रहेको ओली पक्षका नेताको बुझाइ छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *